मृतकका परिवारलाई नेपाली काँग्रेस नेता कार्यकर्ताबाट सहयोग


– तिर्थराज ज्ञवाली
११ चैत्र, मसुरीया (देउखुरी दाङ) / दक्ष फेसनलेवल डे«स डिजाईन गर्ने क्षमता रहेका युवा पीपरी निवासी ओम प्रकाश परियारको असामयिक निधन भए पश्चात सहयोग स्वरुप नेपाली काँग्रेस पार्टिमा आबद्ध नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग गरेका छन् ।

ओम प्रकाश परियारको असामयिक निधन भएको तेह्रौँ दिनको पुण्यतिथिको दिन पारेर पुर्व सांसद सुशिला चौधरी, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु तथा नेपाली काँग्रेस सिसहनिया लालमटियाका सभापतिहरु तथा तेह्रोँ दिनको पुण्यतिथिमा सहभागीहरुको रोहवारमा मृतककी श्रीमति पुष्पा परियारलाई पार्टिको तर्फबाट संकलित नगद ११ हजार ७ सय ६० रुपैया तथा युवा नेता गोविन्द रेग्मी, स्यामा रावतले एक जोर कपडा, बर्को प्रदान गरेका छन् ।
नेपाली काँग्रेसले पुन्य तिथिको दिनमा मृतक ओम प्रकाश परियारको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जन प्रति गहिरो समवेदना प्रकट गरिएको छ ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस