२०७९ माघ २४, मंगलबार

अव्यवस्थित हापुरेको सडकको प्रजिअद्वारा निरीक्षण

चैत्र १०, २०७५  | १११९ पटक पढिएको

– बालकृष्ण पाण्डे
१० चैत्र, हापुरे (दाङ) / प्रमुख जिल्ला अधिकरी गोबिन्दप्रसाद रिजालले बबई गाउँपालिकाको अव्यवस्थित सडकको निरीक्षण गरेका छन् । सडक निर्माण प्रति स्थानीयको असन्तुष्ट बढ्दै गएपछिे दाङको बबई गाउँपालिका हापुरेमा बढेकोे विवाद समाधानका लागी निरीक्षण गरिएको हो ।

सडक निरीक्षण संगै विवादित विषय पनि साम्य भएको छ । बबई गाउँपालिका हापुरेको सडक निर्माण फरक फरक तरिकाले भएको भन्दै स्थानीयहरुले गुनासो गर्न थालेपछि बबई गाउँपालिकाको मध्यस्तरमा विवाद समाधान भएको हो ।

सडक निर्माणमा गरिएको लापरवाही विरुद्ध स्थानीयले संघर्ष समिति गठन गरे लगत्तै बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई खबर गरि विवाद समाधान गर्न अनुरोध गरे लगत्तै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा विवाद समाधान भएको हो ।

यस सँगै साँघुरो सडकलाई खुल्ला बनाई दुवैतिर नाला निर्माण हुने भएको छ । आज बबई गाउँपालिकाको कार्यालयमा प्रमुख जिल्ला अधिकारी रिजाल सहित नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दिपकजंग चौधरी सडक डिभिजन कार्यालयका प्रमुख बद्रीप्रसाद शर्मा बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल वडा अध्यक्षहरु लगायत स्थानीयहरुको सहभागितामा भएको छलफल कार्यक्रममा सडक निर्माणमा भएको कमजोरीलाई सुधार्दै निर्माण कार्यलाई अगाडि बढाउने सहमती भएको हो ।

त्यस्तै हापुरे बजारमा रहेका बिद्युतका पोलहरु पनि छिट्टै सारिने भएको छ । विद्युत कार्यालय र सडक डिभिजनको पोल सार्ने सम्बन्धमा सहमती भएकोले पोल सार्ने काम लगत्तै सुरुहुने बताइएको छ । विद्युतका पोल सार्ने काम छिटै सुरुहुने र टेलिकमको पोललाई पनि व्यवस्थित गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस