साक्षीमा तीन बहस

फागुन ११, २०७६  |  ३०० पटक पढिएको  |   साक्षी खबर

साक्षीमा हामीले ३ बहस स्तम्भ तयार पारेका छौँ । यस स्तम्भमा हामीले तीन फरक क्षेत्रका व्यक्तिहरुसँग गरिएको कुराकानी प्रस्तुत गर्दछौं । प्रस्तुतिः उदीराम चौधरी

………………………………………………………………………………………………………………………………………………………………………

 टीकाराम पौडेल, वि.संं. २०५७ सालदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । जनता संस्कृत मा.वि बिजौरीमा कार्यरत संस्कृत साहित्यका शिक्षक पौडेलसँग संस्कृत शिक्षाको बारेमा गरिएको बहस प्रस्तुत छ ।

१ . संस्कृत शिक्षाको पठनपाठन कसरी भएको छ ?
समयानुमुल परिमार्जन गरिएको पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यपुस्तक समेतको अभावमा सीमिति मात्रामा उपलब्ध, सन्दर्भ सामग्रीको प्रयोग गरेर पाठयक्रमले निर्देश गरेका उद्देश्यहरु पूरा गर्न उद्यत भएको छौं । विषयगत शिक्षकको अभाव, सेवा र सुविधाको समस्या विषयगत तालिमको अभावमा पनि अन्य विषहरु जसरी सरलीकृत व्यवहारको माध्यमबाट पठनपाठनको प्रयास भईरहेको छ ।

२ . संस्कृत शिक्षाको आवश्यक किन ?
विश्वका धेरुैजसो भाषाहरुको रुपमा संस्कृत रहेको छ । कुनै पनि भाषालाई जीवित रहन, भाषिक समाज, साहित्य र व्याकरण नभई नहुने आवश्यकता हुन् । भाषाको वैंज्ञानिक अध्ययन गरी वैदिक साहित्यमा रहेका मानवीय मुल्यहरुको अध्ययन गर्दै नैतिक आचरणकलेयुक्त भएका दक्ष र सभ्य नागरिकको उत्पादन गर्ने यस किसिमको शिक्षाको अध्ययन आजको आवश्यकता हो ।

३. संस्कृतको विकास कसरी गर्ने ?
माध्यमिक तहमा अनिवार्य विषयकोरुपमा यसलाई समावेश गर्ने, विद्यालय शिक्षादेखि उच्चशिक्षाको जिम्मा विश्वविद्यालयलाई दिनुपर्छ साथै गुरुकुलीय (आवासीय) विद्यालयहरुको व्यवस्थापन गर्ने, हाल सञ्चालनमा रहेका गुरुकुलहरुलाई संरक्षण गर्दै विषयगत विविधताको व्यवस्था गर्न सकेमा संस्कृत शिक्षाको विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने देखिन्छ ।

………………………………………………………………………………………………………………………………………………………………………

दीपक बस्याल, पतञ्जली योग समिति ५ नम्बर प्रदेशका प्रशिक्षक प्रशिक्षण विभागका प्रमुख हुनुहुन्छ । २०६८ सालदेखि योगको अभ्यासमा लागेका बस्यालसँग योगको बारेमा गरिएको बहस प्रस्तुत छ ।

१. योगप्रति कसरी आकर्षित हुनुभयो ?
– मलाई केही स्वास्थ्य समस्या थियो र आधुनिक पद्धतिबाट उपचार गर्दा रोकथाम मात्र हुने पूर्ण रुपमा ठिक नभएकोले योगमा लागेको हुँ । रामदेवको भनाइ ‘कुनै पनि काम लामो समयसम्म, लगातार, श्रद्धापूर्वक, सकल्पका साथ गरेमा सफलता प्राप्त हुन्छ, रोग लाग्न जान्दछ भने छोड्न पनि जान्दछ मात्र बाटो थाहा पाउनु पर्छ त्यो बाटो मार्ग भनेको योग होे’ यसबाट प्रभावित भएर योगमा आकर्षित भएको हुँ साथै आफ्नो चाहना, शक्ति, मन, मस्तिष्कलाई स्वस्थ बनाउने माध्यम योग भएकाले योगप्रति मोह बढ्यो ।

२. योगलाई कसरी चिनाउनु भएको छ ?
– कुनै पनि काम गर्नको लागि शरीर स्वस्थ हुनुपर्दछ । शरीर स्वस्थ राख्नको लागि सर्वाेत्कृष्ट माध्यम भनेकै योग हो । रोगले हरेक व्यक्तिहरुलाई सताइरहेको अवस्थामा हामीले योगलाई नेपालको हजारौं ठाउँहरुमा योग शिविर, योग प्रशिक्षक प्रशिक्षण तालिम, योग जागरण अभियान, योग सभा आदि नामले सेवा दिएका छौं ।

३. क–कस्का लागि योग ?
– योगले शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक सम्पूर्ण तवरबाट स्वच्छ राख्दछ र योगले कुनै पनि जाति, धर्म, लिङ्ग, वर्ग कसैसँग पनि सरोकार राख्दैन केवल मानव सेवारुपी संगठन हो । योगले सकारात्मक सोच र सकारात्मक विचारको विकास गर्ने गर्दछ । त्यसैले मानव जातिका लागि योग आवश्यक छ ।

………………………………………………………………………………………………………………………………………………………………………

शिशिर रावत, विगत १५ वर्षदेखि बुवाको पेसालाई अंगालेर कृषि व्यवसाय (फर्म) सञ्चालन गर्दैआउनु भएको छ । हाल कृषि विषयमा अध्ययन गरिरहनु भएका रावतसँग कृषि व्यवसायका बारेमा गरिएको बकस प्रस्तुत छ ।

१ . कृषि व्यवसाय नै किन रोज्नु भयो ?
– पहिलेदेखि नै बुवाले गर्दै आउनुभएको पेशा हो । बुवाले गरेको कृषि व्यवसायबाट म प्रभावित र उत्साहित भएर कृषि नै रोजेको हुँ । देखेर, गरेर मात्र नभई यसबारे अध्ययन गरेर नै व्यवसाय सञ्चालन गर्छु भन्ने सोचले कृषि पढेको हुँ ।

२ . हाल कृषिप्रतिको आकर्षण कस्तो छ ?
– विशेषगरी युवाहरु कृषिप्रति आकर्षित भएका छन् । तरकारी उत्पादनको मागमा कमी आएको छैन । थोरै ठाउँमा धेरै उत्पादन गर्न सकिने भएकाले पनि यसप्रति आकर्षण बढेको देखिन्छ । अन्य रोजगारभन्दा कृषि सजिलो र उत्पादनमुखी पेशा भएकाले पनि धेरैजसो कृषि पेशानै अंगाल्ने गरेका छन् । विभिन्न किसिमका बेमौसमी तरकारी उत्पादन गर्न सकिने भएकोले यो पेशा सजिलो छ ।

३ . कृषिमा राज्यबाट कस्तो सहयोगको अशा राख्नुभएको छ ?
– राज्यले फर्म सञ्चालन गरेर कृषि व्यवसाय गर्ने कृषकहरुलाई अनुदानको व्यवस्था, सस्तोमा ऋण दिने साथै समय समयमा कृषि सम्बन्धी तालिम, प्रयोगात्मक प्रशिक्षण दिनुपर्ने देखिन्छ । त्यस्तै उत्पादन भएका बेमौसमी तरकारीहरुको बजारीकरण, बिचौलियमा रोक, तरकारी स्पोट साथै स्थानीय उत्पादनलाई प्रथामिकता दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार