२०७९ माघ २६, बिहीबार

बलिउड अभिनेत्री श्रद्धा कपूर नेपाली युवकसँग बिहे गर्दै

चैत्र १०, २०७५  | १९६५ पटक पढिएको

मुम्बई / बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइना नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् । पछिल्लो समय रिलिज भएको फिल्म स्त्री सुपरहिट भएपछि श्रद्धाले दक्षिण भारतका सुपरस्टार बाहुबली फेम प्रभाससँग गरेको फिल्म साहो रिलिजको तयारीमा रहेको छ ।

केहि समय अगाडी अभिनेता फरहान अख्तरसँग अफयेर्समा रहेकी श्रद्धा अहिले भने एक फोटो ग्राफरसँग अफ्येर्समा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो । बलिवुडका प्रोफेशनल फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको अफयेर्स रहेको रिपोर्टपछि अहिले रोहनसँग घरजम गर्न लागेको मिडिया रिपोर्ट बाहिर आएको छ ।

श्रद्धा आफ्ना बाल्यकालका साथी रोहनसँग विवाहको तयारीमा रहेको डिएनएले लेखेको छ ।रोहन नेपाली मूलका हुन् । उनका पिता राकेश श्रेष्ठ नेपाली हुन् जो कामको सिलसिलामा मुम्बई पुगेर उतै स्थापित भएका थिए । ३३ वर्षिय अभिनेत्री श्रद्धाले अर्को वर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

श्रद्धा यस अघि अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँगको अफ्येर्समा रहेको बताइएको थियो ।अहिले श्रद्धाको अफ्येर्स रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् । रोहन र श्रद्धाले स्कुल र कलेज सँगै पढेका थिए । रोहन बलिवुडमा अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस