समाज सेवि गिरीद्वारा शिव मन्दिरलाई सहयोग

फागुन ०६, २०७६  |  १६८ पटक पढिएको  |   साक्षी खबर

६ फागुन, तुलसीपुर / समाज सेवि तुलसीपुर–७ निवासी कृष्णकुमार गिरीले तुलसीपुर–७ डाँडापातु स्थित शिव मन्दिरलाई रु २६ हजार १ सय २५ रुपौयाँ सहयोग गरेका छन् ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य एवं दाङका सभापति गिरीले मन्दिरको विकासका लागि उक्त सहयोग गरेका हुन् । मंगलवार मन्दिरमा पुगेर गिरीले त्रैलोक्यनाथ शिवमन्दिर व्यवस्थापन समितिका अन्न गिरीलाई २६ हजार १ सय २५ को चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै गिरीले आफुले मन्दिरको विकासका लागि सानो सहयोग गरेको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने बताए । ‘सबैको आस्थाको रुपमा रहेको शिवमन्दिरको विकासका लागि सानो सहयोग गरेको हुँ आगामी दिनमा पनि थप सहयोग मबाट हुनेछ’ उनले भने ।

त्यसैविच मन्दिर व्यवस्थापन समितिले सबैको सहयोगबाट मन्दिरमा विभिन्न निर्माणका काम गर्नुका साथै विभिन्न भगवानका मुर्तिहरु स्थापना गर्ने काम भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार