नेपाल एक दिवसीय क्रिकेटमा एक स्थानमाथि १६ औं स्थानमा उक्लियो

फागुन ०५, २०७६  |  ६९ पटक पढिएको  |   साक्षी खबर

५ फागुन, काठमाडौं / नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ ।

नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो ।

जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार