२०७९ माघ १३, शुक्रबार

‘एक वर्षमा सय कानून’

चैत्र १०, २०७५  | १०८४ पटक पढिएको

रासस, काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो ।

उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न हामीले यसबीचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।”

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस