२०७९ माघ १३, शुक्रबार

विज्ञहरुको नजरमा सरकारको वर्ष दिन

फागुन ०३, २०७५  | १३८७ पटक पढिएको

काठमाडौं– राजनीतिज्ञ, अर्थविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको वर्ष दिनको समीक्षा गरेका छन् ।  ‘ओली सरकारको वर्ष दिनको समीक्षा’ कार्यक्रममा विज्ञहरुले सरकारको ओलोचनासँगै उपलब्धिका विषयमा समेत आ–आफ्ना धारणा राखेका हुन् ।

दरबारमार्गमा भएको कार्यक्रममा सहभागी कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले सरकारको एक वर्ष दुई तिहाइको दम्भमै वितेको र उपलब्धिमूक कार्य केही गर्न नसकेको आलोचना गरे । उनले मुलुक रेमिट्यान्सबाट चलेको वर्तमान यथार्थलाई हुँदा हुँदै पनि मलेसिया रोजगारी अन्यौल बन्नु ओली सरकारको असफलता रहेको टिप्पणी गरे ।

 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा गोविन्द राज पोखरेलले मुलुकको आर्थिक क्षेत्र चौपट बनेको बताए । त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले दुई तिहाइको सरकारलाई काम गर्ने पर्याप्त अवसर भएपनि अर्थतन्त्रमा सुधार हुन नसकेको टिप्पणी गरे । राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. डिल्लीराज खनालले सरकारको एक वर्ष औसत रहेको बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस