शान्तिनगर गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने

फागुन ०४, २०७६  |  ६९ पटक पढिएको  |   साक्षी खबर

लक्ष्मण बस्नेत , ०४ फागुन शान्तिनगर/शान्तिनगर गाउँपालिका स्तरीय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ।
शान्तिनगर गाउँपालिकाको आयोजना तथा बि.पि. कोईराला नमुना मा.वि. बयाले सिमतारा शान्तिनगर ३ को संयोजनमा यहि फागुन ७ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो, तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, छात्ररछात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्ररछात्रा बिच कडा प्रतिस्पर्धा हुने बिधालयका शिक्षक तथा प्रतियोगिता अभिलेख ब्यबस्थापन उपसमितिका संयोजक खेम राज तिवारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा शान्तिनगर गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजी गरी १० बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्ररछात्राले मात्र भाग लिन पाउनेछन् । यसैबिच प्रतियोगिताको सयोजनको जिम्मा पाएको बि.पि. माबी बयाले सिमताराले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । विद्यालयका प्रधानाध्यापक भागवत न्यौपाने सदस्य सचिव रहेको प्रतियोगिता मुल आयोजक समितीको मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरि आफ्नो तयारीलाई तिब्र पारिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार