सुरक्षा र न्यायको सेवालाई प्रभावकारी बनाउन गाउँपालिकालाई सामाग्री

माघ २९, २०७६  |  ४५ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
२९ माघ, मसुरीया (देउखरी दाङ) / सुरक्षा र न्यायको सेवालाई प्रभावकारी बनाउदै लैजानका लागि मधेश मानव अधिकार गृहले राप्ती गाउँपालिका न्यायीक समितिलाई सामाग्री उपलब्ध गराएको छ ।

संस्थाले सुरक्षा र न्यायका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यकतामा आधारित कम्प्यूटर १ थान, प्रोजेक्टर १ थान र साउन्ड १ थान न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीलाई हस्तान्तरण गरेको छ ।

मधेश मानव अधिकार गृहले डि यफ आई डि को आर्थिक सहयोग र भि यस ओ ईन्टरनेशनलअलर्टको प्राविधिक सहयोगमा समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुद्धृढिकरण (सहज) परियोजना अन्तर्गत सामाग्री उपलब्ध गराईएको हो ।

सहयोगको रुपमा प्रदान गरिएको सामग्रीहरु माहुरी होमको प्रतिनिधि मण्डलले सामाग्री हरुतान्तरण गरेको हो ।
सामाग्री बुझ्दै न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरीले सुरक्षा र न्यायका सेवा प्रवाहमा सहयोग गर्ने मधेश मानव अधिकार गृह डि यफ आई डि, भि यस ओ ईन्टरनेशनलअलर्ट र सहज परियोजनालाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार