सरकारले बजेटको सीमा घटायो

माघ २९, २०७६  |  ५२ पटक पढिएको  |   साक्षी खबर

२९, माघ काठमाडौं /अर्थमन्त्री युवराज खतिवडाले बुधबार अर्धवार्षिक समीक्षा गर्दै बजेट खर्चको सूचक सकारात्मक रहेको बताएका छन् । उनले समीक्षा अवधिमा निर्यात वृद्धि भएको र आयात पनि घट्नको बताए। उनले देशमा सहायता र लगानी बढेको पनि दाबी गरे। उनले देशका स्थायित्व बढेको उल्लेख गर्दै वित्तीय संघीयता कार्यान्वयन सुदृढ बनेको टिप्पणी गरे। बजेट खर्चमा उल्लेख्य सुधार आउन नसके पनि उच्च आर्थिक वृद्धिदर कायम बताए। ‘बजेट लक्ष्यको नजिक पुग्छ। लक्ष्य नजिक पुग्छ भनेको लक्षमा भने पुग्दैन भनेको हो’ उनले भने।

सरकारले बजेटमा साढे आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। उनले बजेट १३ खर्ब ८५ अर्ब अर्थात् ९० प्रतिशत पुर्‍याउने अनुमान गरिएको बताए। सरकारले चालू बर्षमा १५ खर्ब ३२ अर्बको बजेट पेश भएको थियो। तर छ महिनाको अवधि सम्म ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च भएपछि अधिक्तम सीमा १३ खर्ब ८५ अर्ब राखिएको हो। चालु आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ५७ अर्बमा ९५ प्रतिशत खर्च हुन अनुमान गरिएको छ। त्यसैगरी पुँजीगत खर्च ४ खर्ब आठ अर्बमा ८० प्रतिशत र वित्त व्यवस्थापन एक खर्ब ६७ अर्बमा ९२ प्रतिशत हुने अनुमान गरिएको छ। राजस्व लक्ष्यको ९५ प्रतिशत संकलन गर्न सकिने अनुमान सरकारको छ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार