क्रिकेटर सन्दिपबाट रंगशालालाई ७० हजार सहयोग

माघ २९, २०७६  |  ७२ पटक पढिएको  |   साक्षी खबर

२९, माघ काठमाण्डौं /क्रिकेटर सन्दिप लामिछानेले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ४८ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

सन्दिपले नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक लिगमा प्रत्येक विकेटबराबर हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए । घोषणाअनुसार सन्दिपले सहयोग गर्ने रकम ७० हजार ७ सय ४८ पुगेको हो ।

माघ २२ देखि २९ आजसम्म काठमाण्डौंमा भएको त्रिकोणात्मक लिगमा सन्दिपले ८ विकेट लिएका छन् । गत वर्षबाट निर्माण सुरु गरिएको रंगशाला धुर्मुस सुन्तलीको अगुवाइमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार