बलत्कार आरोपी पक्राउ

माघ २९, २०७६  |  २०५ पटक पढिएको  |   साक्षी खबर

२९ माघ, तुलसीपुर/बलत्कारको आरोपमा दाङका एक युवक पक्राउ परेका छन । बबई गाउँपालिका – ३ बुटनिया बस्ने २२ बर्षका मेघलाल विक पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

विकले शान्तिनगर गाउँपालिका–५ को बौलाहखोला जंगलमा गएको माघ २० गते १५ बर्षकी एक युवतीलाई जबरजस्ति करणी गरेको आरोप छ । आरोपीलाई प्रहरीले तुलसीपुरको बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

युवतीले जबरजस्ति करणीसम्बन्धी मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए । पक्राउ परेका युवकलाई जबरजस्ति करणीसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार