२०७९ माघ १३, शुक्रबार

सामुदायिक सिकाई केन्द्रको पाचौँ साधरणसभा सम्पन्न

चैत्र १०, २०७५  | १३१५ पटक पढिएको

मानपुर
मानपुर सामुदायिक सिकाई केन्द्रको पाचौँ साधरण सभा दाङको मानपुरमा सनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष अमरबहादुर खड््रकाको अध्यक्ष्यता एबम् तुलसीपुर उपमहानगरपालिकाको नगर शिक्षा समितिका संयोजक तथा कार्यापालीका सदस्य देवराज विश्वकर्माको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले शिक्षाको लागि गाउँ गाउँमा गरेको योगदानको चर्चा समेत गरेका थिए । कार्यक्रममा मा.वि. मानपुरका प्र.अं. गीरिराज लम्साल, सस्थापक अध्यक्ष्य ढक वहादुर वस्नेत पुर्व विनी दिनेश प्रंथी, पूर्व शिक्षक नदन अधिकारी, समाजसेवी खडग वहादुर भन्डारी, जगदीस देवकोटा, भोजराज ओली, शसीधर पौडेल लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त सभामा अध्यक्ष अमर खड्काले प्रगती प्रतिवेदन र परिचालन ज्ञानी वस्नेतले आर्थीक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा संस्थालाई सहयोग गरे वापत ५ जनालाइ सम्मान गरिएको थियो । सम्मान हुनेमा टकं वहादुर वस्नेत, हिमालय अधिकारी, दिनेश पंन्थी, नदन अधिकारी, र मुकुन्द रिजाललाई सम्मान गरेको थियो ।

भेलाले ३ सदस्सीय पछी थप्ने गरी ८ सदसीय नयां कार्य समीती चयन गरेको छ । अध्यक्ष्यअ अमर खड्रका उपाध्यक्ष,यज्ञवहादुर वस्नेत,सचिव ज्ञानी वस्नेत, सदस्य शसीधर पौडेल, डिला डि.सी., सुक वहादुर वस्नेत, चन्द्रा वली, भुमा वस्नेत, चयन गरेको छ ।
रुपा वि.क.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण यज्ञवहादुर वस्नेतले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस