आइसीसी विश्वकप क्रिकेट लिग टु: ‘त्रिकोणात्मक सिरिजमा नेपाल अन्तिम खेल अमेरिकासँग खेल्दै’

माघ २९, २०७६  |  ४१ पटक पढिएको  |   साक्षी खबर

२९ माघ, काठमाडौँ / आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरीजमा नेपाल अहिले अमेरिकासँग बिहान ९ः३० मा किर्तिपुर स्थित टियू मैदानमा अन्तिम खेल खेल्दैछ ।

जारी लिगमा घरेलु मैदानमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको नेपाली टिम अन्तिम खेलमा जित निकाल्दै अन्त्य गर्ने दौडमा छ । जारी प्रतियोगितामा नेपालले तीन खेलमा दुईमा हार र एकमा जित निकालेको छ । नेपालले पहिलो खेलमा ओमानसँग १८ रनको हार व्यहोरेको थियो भने दोस्रो खेलमा अमेरीकालाई ३५ रनले हराएको थियो ।

तर आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग पुनः ८ विकेटले पराजय हुन पुगेको थियो । जारी लिगमा नेपालको ब्याटिङलाइनअपले त्यति सन्तोषजनक रन दिन नसक्दा पनि नेपाल पराजय तिर लम्एिको देखिन्छ ।

नेपालका लागि जारी लिगमा चार जना खेलाडीले अर्धशतकीय पारी दिएका थिए । जसमा युवा खेलाडी कुशल मल्ल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, विनोद भण्डारी रहेका छन् । बलिङमा करण केसी र सुशान भारी बाहेक अरु बलरहरुले पनि त्यति राम्रो गर्न सकेका छैनन् । करणले तीन खेलमा आठ विकेट लिएका छन् । उनले ओमान विरुद्ध चार तथा अमेरीका विरुद्ध चार विकेट लिएका थिए ।

अमेरीका अन्तिम खेलमा नेपालसँग जित निकालेर प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ भने नेपाल पनि घरेलु मैदानमा अन्तिम खेलमा समर्थकलाई खुसी दिन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार