बिजौरी उवासंघको साधारणसभा, ‘समृद्धिका लागि व्यवसायीको अहम् भूमिका’ : बञ्जाडे

माघ २५, २०७६  |  ३५८ पटक पढिएको

२५ माघ, बिजौरी । बिजौरी उद्योग वाणिज्यसंघको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार सुरु भएको छ । साधारणसभाको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ ५ नम्वर प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष हेमराज बन्जाडेले गरेका छन् ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि बन्जाडेले मुलुकको आर्थिक समृद्धिका लागि व्यवसायीहरुको अहम् भूमिका हुने भन्दै व्यवसायीले पनि राज्यबाट पाउनुपर्ने अधिकारकालागी एकतावद्ध हुनुपर्ने बताए । राज्यले मुलुकलाई कहिले मिसम्याच त कहिले अनलाइन सेवाका नाममा दुःख दिइरहेको भन्दै त्यसमा राज्यलाई दबाव दिन पनि व्यवसायीक एकता अपरिहार्य रहेको बताए । ‘हामीहरुलाइ स्वतन्त्र
रुपमा व्यवसाय गर्ने वातावण चाहिएको छ, व्यवसायीक सुरक्षा चाहिएको छ, तर अझैपनि राज्यले व्यवसायीका अधिकारका सवालमा गम्भीर हुन सकेको छैन’—प्रमुख अतिथि बन्जाडेले भने ।

सोही अवसरमा बोल्दै उनले बिजौरी उद्योग वाणिज्यसंघ सवैभन्दा कान्छो उद्योग वाणिज्यसंघ भएर पनि नमुनायोग्य काम गर्दै आएको बताए । अर्को प्रसंगमा बोल्दै यहि क्षेत्रमा पाँच नम्वर प्रदेश एक्पो हुन थालेको भन्दै यसलाइ सफल बनाउन विजौरी उद्योग वाणिज्य संघको अहम् भूमिका हुने पनि बताए । साथै यो साधारणसभा अधिवेशनसंग पनि जोडिएकाले सकेसम्म हमतिमा नभए लोकतान्त्रिक प्रक्रियामा मतदानबाट पनि सक्षम नेतृत्व चुन्न पनि आम व्यवसायीहरुलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा नारायणपुर उद्योग वाणिज्यसंघका अध्यक्ष महेन्द्र कुमार दाहालले व्यवसायीक हकहितका लागि एकता पहिलो सर्त भएकाले अधिवेशनले व्यवसायीहरुलाई एकतामा जोड्ने अपेक्षा गरे । ‘अहिले तपाइहरुले नयाँ नेतृत्व पनि छान्दै हुनुहुन्छ, सवैपक्षलाई समेटेर सहमतिमा नेतृत्व चुन्नुस, नभए निर्वाचन प्रक्रियाबाटै भएपनि काम गर्नसक्ने व्यक्तिलाइ नेतृत्वमा लैजानुस्’—दाहालले भने ।

सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष ओवेन्द्र महराले मुलुकको व्यवसायीक एवं आर्थिक समृद्धिका लागि व्यवसायीहरुको भूमिकालाई राज्यले स्वीकारीसकेको अवस्थामा अब व्यवसायीक हकहितका विषयमा एकता अहिलेको आवश्यकता भएको बताए ।

बिजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष मुकेश वलीको अध्यक्षतामा भएको सो कार्यक्रममा दाङ उद्योग वाणिज्यसंघका सदस्य राम प्रसाद पोख्रेल, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य देवराज विश्वकर्मा, अमर नेपाली, वेलझुण्डि खानेपानीका अध्यक्ष प्रदिप गौतम, इटा व्यवसायी समिति ५ नंवर प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगी, पुर्व अध्यक्ष कमानसिंह खड्का, पत्रकार महासंघका सहसचिव गोकर्ण पौडेल, पर्यावरणीय दिगो विकाश मन्चका डिल्ली वहादुर रावत लगायतले साधारणसभाको शुभकामना व्यक्त गरेका थिए । विजौरी उद्योग
वाणिज्यसंघका उपाध्यक्ष लेखनाथ खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव विरेन्द्र खड्का र सदस्य विदुर गौतमले गरेका थिए । सो अवसरमा स्थानिय कलाकारहरुले विभिन्न लोकनृत्यहरु प्रस्तुत गरेका थिए ।

सोही अवसरमा सम्पन्न वन्दसत्रले महासचिव विरेन्द्र खड्का र कोषाध्यक्ष मिना थापाले प्रस्तुत गरेका बार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन पारीत गरेको छ । नेतृत्वका लागि सहमती प्रयास दुई प्रमुख दल नेकपा र नेपाली कांग्रेसले अध्यक्षका उम्मेदवार टुंगो लगाएको चर्चा भैरहेको अवस्थामा पनि आगामि कार्यकालका लागि नयाँ नेतृत्व चुन्न सहमति प्रयास जारी रहेको छ ।

सहमतिमा नेतृत्व चयन गर्नका लागि एउटा टोलि समेत गठन भैसकेको छ । आइतवार सम्म सहमती नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने निर्वाचन मण्डलले जनाएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार नेकपाले अध्यक्ष पदका लागि प्रेमनाथ योगी र महासचिवलाई दुर्गा विकलाई उम्मेदवार टुंगो लगाइसकेको बताइएको छ । नेपाली कांग्रेसले भने वर्तमान महासचिव तथा युवा व्यवसायी विरेन्द्र खड्कालाई उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेसले बताएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा वर्तमान उपाध्यक्ष लेखनाथ खत्रीले उम्मेदवारी दिने घोषणा गर्दै व्यवसायीसंग मत माग्न पनि सुरु गरिसकेका छन् । खत्रीपनि नेकपा निकटकै व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार