यामाहा बाइक खरिदमा ३२ ईन्जको टिभी सित्तैमा

माघ २२, २०७६  |  १९४ पटक पढिएको  |   साक्षी खबर

२२ तुलसीपुर, माघ ।

यामाहा सलुटो, एसजेड आरआर भी र स्कुटर खरिद गरे वापत यमाहाले आकर्षक योजना अघि सारेको छ । तुलसीपुरको आधिकारीक विक्रेता ड्रिमल्याण्ड ट्रेडर्स प्रालीले पत्रकार सम्मेलन गर्दै योजनाको बारेमा जानकारी दिएको छ ।

यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् । ‘दाम्पत्य जीवनको शुरुवात, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरु माझ थप खुशी र हर्ष ल्याउने अपेक्षा गरेको ड्रिमल्याण्ड ट्रेडर्स प्राली तुलसीपुरका शोरुम सेल्स ईन्चार्ज लंक वहादुर खड्काले बताउनुभयो ।

यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ ।

यो योजना माघ ५ गतेदेखि फागुनको अन्तिमसम्म रहेको यामाहाको ड्रिमल्याण्ड ट्रेडर्स प्राली तुलसीपुरका सञ्चालक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

साथै उहाँले स्कुटरहरु शून्य ब्याजदरको वित्तिय व्यवस्थामा विक्रि वितरण गर्दै आएको पनि बनाउनुभयो । धेरै भन्दा धेरै ब्यक्तिहरुसँग स्कुटर होस भन्ने उदेश्यले सञ्चालन गरिएको स्किममा ४० प्रतिशत मुल्य बुझाउनुपर्ने र तीन हजार रुपैया शोरुमको तर्फबाट छुट रहेको समेत शोरुम वताएको छ । यो स्किम  फागुनको अन्तिम सम्म रहेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार