‘पत्ता लाग्यो कोरोना भाइरसको औषधी, ४८ घण्टामै बिरामी निको हुने दाबी’

माघ २०, २०७६  |  ४२३ पटक पढिएको

२० माघ, काठमाडौँ / चीन यतिबेला तिव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण निकै ठूलो संकटमा परेको छ । चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ३६२ जनामो मृत्यु भइसकेको छ ।

१७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन् ।

यसै क्रममा थाइल्याण्डका डाक्टरले केही औषधि मिलाएर नयाँ औषधि बनाएका छन् । जसबाट कोरोना भाइरसको संक्रमणका विरामी निको हुने दाबी गरिएको छ । थाइल्याण्डका डाक्टर क्रिएनसक अतिपार्नवानिचले ७१ वर्षीया महिलालाई आफूले निर्माण गरेको औषधि दिएर ४८ घण्टामा ठिक बनाएको दाबी गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट ग्रस्त विरामी उक्त औषधि दिएको १२ घण्टामा बेडबाट उठेर बस्न सक्ने भएको उनले बताएका छन् । ती महिला त्यो भन्दा अघि केही गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ ।

४८ घण्टामा ती महिला ९० प्रतिशत ठिन भएको ती डाक्टरले बताएका छन् । केही दिनमा अब ती महिलालाई पूर्ण रुपमा ठिक बनाएर डिस्चार्ज गर्ने तयारी रहेको उनको भनाइ छ ।

डाक्टर क्रिएनसकले भनेका छन्, हामीले ल्याबमा यस औषधिको परीक्षण गर्दा यसबाट सकारात्मक नतिजा मिल्यो । त्यसपछि विरामीमा प्रयोग गरेको १२ घण्टामै विरामीलाई राहत मिलेको थियो । उनले कारोना भाइरसको उपचारका लागि आफूले एन्टी फ्लू ड्रग ओसेल्टामिविरमा लोपिनाविर र रिटोनाविर मिलाएर नयाँ औषधि बनाएको बताएका छन् ।

ओसेल्टामिविरलाई एचआइभीको उपचारका लागि प्रयोगमा ल्याइने गरिन्छ । थाइल्याण्डमा अहिलेसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ । जसमध्ये ८ विरामीलाई १४ दिनमा ठिक बनाएर घर पठाइसकेको छ भने ११ जनाको अहिले पनि उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार