२०७९ माघ १३, शुक्रबार

उवासंघको साधारण सभाको तयारी पुरा

चैत्र ०८, २०७५  | ९७९ पटक पढिएको

८ चैत्र, दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघको १४ औँ साधारण सभा सबै तयारी पुरा भएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघको १४ औं साधारण सभा तथा ४९ औं स्थापना दिवस यही चैत ९ गते शनिवार घोराही स्थित निर्माणधिन बहुउद्देश्य सभा गृहमा हुँदैछ । संघको साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अन्य पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत सहभागिता रहने भएको छ । साधारण सभामा विभिन्न क्षेत्रमा योग्दान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिने संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । त्यसैगरेर साधारण सभा तथा स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगीताका विजेताहरुलाई पुरस्कृत समेत गरिने भएको छ ।

संघले साधारण सभाको अवसरमा वस्तुगत समितीहरु बिच स्लो बाइक प्रतियोगीता, हाजिरी जवाफ प्रतियोगीता, कुर्सी दौड, तथा मैत्रिपुर्ण फुटबल प्रतियोगीता आयोजना गरेको थियो । साधारण सभा तथा स्थापना दिवमाको अवसरमा आयोजना गरीएको कार्यक्रममा सहभागिताका लागि संघले सवैमा आग्रह गरेको छ ।

मैत्रिपुर्ण खेलमा बैकर विजयी
दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कर्मचारी तथा घोराही क्षेत्रमा रहेका बैकका शाखा प्रमुखहरु विच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा बैकर टिम विजयी भएको थियो । बैकर टिम टाइवेकरमा विजयी भएको हो । निरधारित समयमा बराबर गोल भए पछि टाइवेकर गराइएको थियो । विहिवार संघका पदाधिकारीहरु र बैकका शाखा प्रमुखहरु बिच प्रतियोगीता आयोजना गरिएको फुटवल प्रतियोगीताका संयोजक मिनराज भाटले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस