२०७९ माघ १७, मंगलबार

राप्तीको देविकोटमा नागरिकता शिविर १ सय बढिलाई नागरिकता प्रदान

चैत्र ०८, २०७५  | ११८८ पटक पढिएको

– तिर्थराज ज्ञवाली
८ चैत्र, देविकोट (देउखुरी दाङ) / राप्ती गाउँपालिकाको विकट बस्ती मानिने पहाडी क्षेत्रमा सञ्चालन गरिएको नागरिकता शिविर देविकोटमा नागरिकता शिविर १ सय बढिलाई नागरिकता प्रदान गरिएको छ ।

राप्ती गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमहिको आयोजनामा देविकोटमा शुक्रवार नागरिकता शिविरको आयोजना गरिएको हो । नागरिकता शिविरको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले नागरिकको सेवा सुविधाका लागि राप्ती गाउँपालिका लागिरहेको र पहाडी क्षेत्रका नागरिकको समेत उच्च मुल्याङ्कन गर्दै सरल र सहज सेवा प्रवाहका लागि सरोकारवालाहरुसँग सहकार्य गर्दै कार्य गरिदैं आईएको बताएका छन् ।

राप्ती गाउँपालिकाले वडा नं. ५ र ९ को पहाडी क्षेत्रका नागरिकको सहजताको लागि एक दिन जिल्ला प्रशासन कार्यालय दाङ तथा ईलाका प्रशासन कार्यालय लमहिको सहकार्यमा नागरिकता टोली वडा नंं ९ को देविकोटमा आयोजना गरिएको र हरेक पालिकाका विकट बस्तीहरुमा नागरिकता शिविरको आयोजना गरिदै आईएको ईलाका प्रशासन कार्यालय लमहिका प्रमुख प्रेम बहादुर खवासले जानकारी दिएका छन् ।

कार्यक्रम राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, ईलाका प्रशासन कार्यालयका प्रमुख प्रेम बहादुर खवास, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ट आथित्यतामा नागरिकता शिविरको उद्घाटन गरिएको हो ।

राप्तीको वडा नंं ९ सम्पुर्ण तवरले पहाडी क्षेत्र र वडा नंं ५ का धेरै क्षेत्र पहाडी रहेकोमा दुवै वडा बासीलाई पायक पर्ने गरि देविकोटमा नागरिकता शिविर आयोजना गरिएको वडा नं. ९ का वडा अध्यक्ष रिम बहादुर सुनारिले जानकारी दिएका छन् । नागरिकता टोलीबाट नागरिकता सरल र सहज तवरले निर्माणका लागि नागरिकहरुलाई शिविरमा जन्म दर्ता, विवाह दर्ता, बसाई सराई सर्जिमिन मुचुल्का लगायतका सिफारिस समेत गरिएको वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकाका नागरिकता बनाउन चाहने उमेर पुगेका नेपाली नागरिकले नियमानुसार कागजपत्र उपलब्ध गराएको र टोलीले एकै दिन र एकै छिनमा नेपाली लाई नागरिकता उपलब्ध गराईएको वडा नं. ५ र ९ का वडा सचिवद्वय शेरबहादुर हमाल र दयाराम चौधरीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, वडा नं. ५ र ९ वडा कार्यालयको संयुक्त टोली रहेको नागरिकता शिविर देविकोटमा विवाह दर्ता, जन्म दर्ता, बसाईसराई, सर्जिमीन मुचुल्का, नागरिकता प्रदानसँगै मतदाता नामावलीको लागि फोटो खिच्ने र फारम भर्ने समेत गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस