२०७९ माघ २६, बिहीबार

राप्तीमा परीक्षा केन्द्राध्यक्षलाई अभिमुखीकरण

चैत्र ०८, २०७५  | १०५७ पटक पढिएको

– तिर्थराज ज्ञवाली
८ चैत्र, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गाउँकार्यपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि आधारभुत तह परीक्षा संञ्चालनका लागि परिक्षा केन्द्राध्यक्षहरु लाई अभिभमुखीकरण गरेको छ ।

यहि चैत्र १० गते देखि सञ्चालन हुन लागेको आधारभूत तहको परीक्षा सञ्चालनका लागि परिक्षालाई अनुशासीत मर्यादित बनाउन तथा परीक्षालाई राम्रोसँग सञ्चालनको लागि अभिभमुखीकरण गरिएको हो ।

आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ट आथित्यतामा सम्पन्न छलफलमा ४ कक्षा देखि १० कक्षा सम्म यहि चैत्र १० गतेदेखी सुरु भैरहेको राप्ती गाउँपालिका स्तरिय आधारभूत तह परीक्षा सञ्चालनका लागि नयाँ रणनिति तयार गरिएको छ ।
राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका आधारभुत विद्यालयहरुमा निशुल्क शिक्षा लागु गरेको अवस्थामा राप्ती गाउँपालिकामा ८ कक्षा संञ्चालन रहेका २२ सामुदायिक विद्यालयमा चैत्र १० देखि सुरु हुने परीक्षामा १ हजार ४६ जना विद्यार्थी रहेका छन् भने ८ वटा परिक्षा केन्द्र रहेको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक राजेन्द्र घिमीरेले जानकारी दिएका छन् ।

समितिले नेपाल राष्ट्रिय मावि भालुवाङ, आदर्श नमुना माध्यमकि विद्यालय लालमटिया, श्री माध्यमिक विद्यालय मौरीघाट, श्री शंकर माध्यमिक विद्यालय पीपरि, श्री सर्वाेदय माध्यमिक विद्यालय सिसहनिया, श्री ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा, श्री जनता आधारभूत विद्यालय करङगेकोट र आधारभूत विद्यालय रुपमाकोटमा परीक्षा केन्द्र तोकिएको आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव फनेन्द्रराज देवकोटाले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस