दुर्घटना न्युनीकरण गर्न चालकहरुको स्वास्थ्य परिक्षण

– दिप्तीशिखा चौधरी
७ चैत्र, दंगीशरण / नेपाल प्रहरीको दुर्घटना न्यूनिकरण अभियान अन्र्तगत चालकहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण शिवीर बुधवार दंगीशरण गाउँपालिका वडा नं. ६ मा सम्पन्न भएको छ ।

शिविरमा गाडि चालकहरुको बल्ड प्रेसर र आँखा चेकजाँच गरिएको थियो । शिविर १ सय ३० जना गाडि चालकहरुले चेकजाँच गराएका थिए । चेकजाँचका क्रममा १८ जनालाई चस्मा लगाउनुपर्ने, २० जनामा आँखा चिलाउने–बिझाउने, ५ जना मधुरो देख्ने र ५ जनामा आँखामा मासु पलाएको भेटिएको थियो ।
शिविरमा राप्ती आँखा अस्पताल रक्षाचौर र स्वास्थ्य चौकी वागरका स्वास्थ्यकर्मीहरुले आँखा चेकजाँच गरेका थिए । शिविर उद्घाटन कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक पे्रम बहादुर शाहिले प्रहरीले सवारी दुर्घटना दिनहु बढ्ने भएकाले पश्चिम क्षेत्रमा दुर्घटना न्यूनिकरण गर्न गाडी चालकहरुको स्वास्थ्य परिक्षण गर्ने अभियान सञ्चालन गरेको बताए । अबका दिनमा गाडी चालकहरु पनि बेलैमा सजक हुनुपर्ने बताए ।

सो अवसरमा दंगीशरण गाउँपालिकाका वडा नं. ६ का वडा अध्यक्ष टंक बहादुर वलीले पश्चिमी क्षेत्रमा दुर्घटना हुनुपूर्व प्रहरीले गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिविरले सबैमा जनचेतना जगाएको बताएका थिए । कार्यक्रममा नेकपा कम्युनिष्ट पार्टीका गोवीन्द भण्डारी, वडा नं. ७ का सदस्य टिकाराम खड्का, बागर प्रहरी पोष्टका प्रमुख जोरासिंह अधिकारी लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण सामुदायीक प्रहरी सेवामा कार्यरत प्रणानी कृष्ण पुजाराले गर्नुभएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस