२०७९ माघ १३, शुक्रबार

चखोरिया चौधरीहरुको पुर्नमिलन

फागुन ०४, २०७५  | १३१३ पटक पढिएको

 

साक्षी खबर

जमेरा(मानपुर), ४ फागुन
तुलसीपुर उपमहानगरपालिका—१७ को जमेरामा रहेको थारु बस्तीमा शुक्रवार र सनीवार भिन्नै रमाइलो जमघट भैरहेको छ । दाङ जिल्लाका जमेरा, पर्शडुवा, चखौरा, धनौरा वरुवा गाउं, चैनपुर र वेसाहिका थारु समुदायका अग्रजहरु जुटेका छन् भने दाङ वाहिर बर्दियाको दाङपुर, गोविन्दपुर, र गोलाका साथै कैलाली र कन्चनपुरका थारु समुदायका अगुवाहरु पनि एउटा बस रिजर्भ गरेर जमेरामा जुटेका छन् ।

रातभरी खानपान, हासीमजाक, सांस्कृतिक नांचगान र व्यवहारीक एवं पारीवारीक भलाकुसारीसंगै शनीवार उनीहरुले एउटा त्रिपालमुखि एउटा भव्य कार्यक्रम आयोजना गरे । यसलाइ उनीहरुले औपचारीक कार्यक्रम भनेका छन् । ‘यो जमघट हामी चखोरिया थारुहरुको सांस्कृतिक एकताको प्रयास हो, जहां हाम्रो गोतियारका सांस्कृतिक परीघटनाहरु आदानप्रदान गरीन्छन्, र ती संस्कृतिमा एकरुपता कायम गर्न सहयोग पुग्ने छ’—चखोरीया गोतियार समाज कन्चनपुरका अगुवा राम वहादुर चौधरीले भने । कार्यक्रममा सवैले अआफ्ना चालचलन र संस्कृति साटेका छन् । सवै गोतियारमा एउटै संस्कृतिको सुरुआत गर्ने उनीहरुको मुख्य उदेश्य हो ।

यो चखोरिया गोतियार समाजको ५औं राष्ट्रिय भेला हो । खासगरी दाङको चखौराको एउटा पुरानो थारु पुस्ताबाट भिन्न भएर मुलुकभरी छरिएका थारुहरुको पुर्नमिलनको अवसर पनि हो । भेला आयोजक समितिका कार्यक्रम संयोजक भग्गु प्रसाद चौधरी भन्छन्—‘अघिल्लो बर्ष यस्तो पुर्नमिलन कार्यक्रम वर्दियामा भएको थियो, यो बर्ष दाङमा भयो, अर्को शाल कन्चनपुरले यो कार्यक्रमको संयोजन गर्ने निधो भएको छ । दाङमै भएको भेलाले आउंदो बर्ष भेला संयोजनको जिम्मा कन्चनपुरलाइ सुम्पेको हो । दाङको जमेरामा भएको सम्मेलनलाइ अन्य गोतियारका थारु समुदायले पनि सुभकामना दिएका थिए । तुलसीपुर उपमहानगरपालिका—१७ का सदस्य लवरु चौधरी भन्छन्—‘सांस्कृतिक एवं भावनात्मक एकताकालागी यो सम्मेलन फलदायी हुने छ ।

चखोरीया गोतियार जागुराम चौधरीको सभापतित्वमा भएको औचारीक कार्यक्रममा राम वहादुर चौधरी प्रमुख आतिथि बने । साथै सो कार्यक्रममा दर्जन भन्दा बढि चखोरिया गोतियारहरुले अआफ्ना संस्कृतिहरु आदान प्रदान गर्दै थारु समुदाय उत्थानकालागी भावनात्मक एवं कार्यगत एकताको अपेक्षा समेत गरे । शुभकामना दिनेहरुमा नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य राकेश बस्नेत, थारु महिला अगुवा जयकला चौधरी, लिलादेवी थरुनी, पशुपति चौधरी, जगदेवी थारु, मान वहादुर थारु, दिपेन्द्र थारु, नारायण थारु, डम्मर थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सम्योजक भग्गु प्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण प्रसाद चखोरियाले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस