२०७९ माघ १७, मंगलबार

रिपोर्टस् क्लबको बृहत् होलि मिलन

चैत्र ०७, २०७५  | १३०६ पटक पढिएको

दाङ जिल्लामै ठुलो राशीको पुरुस्कार स्थापना

– शरद रेग्मी
७ चैत, दाङ / रिपोर्टस् क्लब दाङको बृहत् होली मिलन बिहिवार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । आपसि सद्भाव र एकताको पर्वका अवसरमा रिपोर्टस् क्लबले जिल्लाका सबै क्षेत्रका व्यक्तिहरुको सहभागी बनाएर होली मिलन गरेको थियो । सो अवसरमा तुलसीपुरका समाजसेवी प्रमोद लामिछाने र उनकि धर्मपत्नी रमा लामिछानेले रिपोर्टस् क्लबमा जिल्लामै सबैभन्दा ठुलो राशीको अक्षयकोष स्थापना गरेका छन् ।

स्वर्गीय बुवा दुर्गा लामिछाने र आमा मोता देवि लामिछानेको स्मृतिमा होली पर्वको अवसरपारि लामिछाने दम्पतीले एक लाख १५ हजार ५५५ रुपैयाँको दुर्गा मोतादेबि पत्रकारिता पुरुस्कार स्थापना गरेका छन् । रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको होली मिलन समारोहमा दाङ क्षेत्र नम्बर ३ का निर्र्वाचित प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले दाङको पत्रकारिताले देशमै नमुना र केन्द्रीय स्तरमा आफ्नो महत्त्वपूर्ण उपस्थित जनाउन सफल भएको भन्दै आफु जहिलेपनि यस क्षेत्रको विकासमा लागिपरेको बताए । उनले होली पर्वले सबैलाई एकताबद्ध गर्न र आपसि सद्भाव कायम गर्न भूमिका खेल्ने समेत बताए । सांसद केसीले जिल्लाको विकास र आपसि सद्भाव कायम गर्न रिपोर्टस् क्लबले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रंशसा समेत गरे ।

कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जिल्लामा आपसि सद्भावलाई कायम गर्दै सबैले शान्तिपूर्ण तरिकाबाट चाडपर्वलाई मनाउनुपर्ने वातावरणको श्रृजना भएको बताए । उनले चाडपर्वमा सबै जना खुशी र सभ्य भएर खुशी साटासाट गर्न समेत आह्वान गरे ।

सो अवसरमा प्रदेश प्रहरी प्रमुख डिआईजि पिताम्वर अधिकारीले भयरहित वातावरणमा सबैले आफ्नै तरिकाबाट होली मनाउनुपर्ने बताए । उनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वमा विशेष सुरक्षा रणनीतिको प्रयोग हुँदै आएको जानकारी दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका युवा नेता सुरेन्द्र खड्का, तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विरबहादुर रावत, निवर्तमान अध्यक्ष बिमल रिजाल , वरिष्ठ पत्रकार टिकाराम रेग्मी, महिला अधिकारकर्मी सुष्मा गिरि, अक्षयकोष स्थापना गर्ने दाता प्रमोद लामिछाने लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण रिपोर्टस् क्लबका महासचिव बिमल गौतमले गरेका थिए । यस अघि रिपोर्टस् क्लब दाङमा ५१ हजार देखि माथिका ७ वटा पत्रकारिता पुरस्कार स्थापना भैसकेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस