मुख्यमन्त्रीले तुलसीपुरको प्रोफाईल सार्वजनिक गर्ने

माघ ०५, २०७६  |  २७७ पटक पढिएको

साक्षीखबर, ०५ माघ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले नगरप्रोफाईल सार्वजनिक गर्ने भएको छ । उपमहानगरपालिकाले विभिन्न विषयसँग सम्बन्धित ताजा तथ्यांक उपलब्ध गराउनका लागि तयार पारेको प्रोफाईलको मुख्यमन्त्री शंकर पोख्रेलले सार्वजनिक गर्ने नगरप्रमुख घनश्याम पाण्डेले बताए । ८ गते मंगलबार उपमहानगरपालिकाको सभाहलमा हुने कार्यक्रममा यस क्षेत्रमा सञ्चालन भएका विभिन्न योजनाका बारेमा समेत विस्तृत रुपमा छलफल हुने पनि नगरप्रमुख पाण्डेले जानकारी दिएका छन् ।
यसैबिच तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय मेट्रो कलेजको पनि मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्ने भएका छन् । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले यसै शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालन गरेको हो । तुलसीपुर १२ हरिपौरीमा रहेको शिक्षालयमा ८ बजे विहान ११ वजे उपस्थितिका लागि नगरप्रवक्ता श्याम डाँगीले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार