बहिनीलाई अबिर नदल्न आग्रह गर्दा कुटिए दाजु, अवस्था गम्भिर, कुटपिटमा संलग्न सबै पक्रिए

दाङ, चैत ७/ बहिनीलाई बलजफती होली नदल्न आग्रह गर्दा दाङमा एकजना कुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ निवासी जीतबहादुर चौधरी होली खेल्न निस्किएको युवाहरुको समुहबाट कुटिएका हुन्।
चौधरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेको र घर विदामा आएको समयमा होली खेल्न निस्किएको समुहबाट कुटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बहिनी शोभा चौधरीलाई दशरबाह्र जनाको संख्यामा रहेका युवाले बलजफ्ती लखेटी–लखेती अविर दल्न थालेपछी दाजुले त्यसो नगर्न आग्रह गर्दा उक्त समूहले कुटपिट गरेको हो ।
घाइते चौधरीको प्रादेशीक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारको लागी बाँके लगिएको छ । कुटपिटमा संलग्न एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
हेमन्तपुर प्रहरी चौकीका सई धनवहादुर के.सीका अनुसार १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा सबै तुल्सीपुर उपमहानगरपालिकाका वडा नं. १९ का रहेका छन् ।

पक्राउ पर्नेहरु निम्न अनुसार रहेका छन ।
१.शुरेस बस्नेत, १६ वर्ष
२. टेकलाल पुन, १५ वर्ष
३. कमल राना, १६ वर्ष
४.भुवन परियार, १६ वर्ष
५. प्रकाश घर्ति, १५ वर्ष
६. सन्तोष पुन, १६ वर्ष
७. शिखर बस्नेत, १८ वर्ष
८. माधव वली, १७ वर्ष
९. दिनेश वि.क., १७ वर्ष
१०. विक्रम वि.क. १७ वर्ष

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस