वडा नं. १८ ले विदेशी पाहुनालाई स्वागत गर्दै

माघ ०५, २०७६  |  १९१ पटक पढिएको

कपिल लामिछाने, ०५ माघ, हेमन्तपुर / तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले पर्यटन वर्ष २०२० लाई मनाउने गर्ने क्रममा आज फ्रान्सेली नागरिक जोली सेम्सलाई कार्यलयमा बोलाई फुलमाला र अबिर लगाई स्वागत गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वली, वडा सचिव दीपा सुबेदी, पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्ली बहादुर रावत, वडा कार्यालयका कार्यालय सहायक शरद कुमार रेग्मी, बिष्णु रेग्मी लगायतले सेम्सलाई स्वागत गर्दै फुलमाला लगाईदिएका थिए ।
उक्त अवसरमा पर्यावरणीय दिगो विकासका अध्यक्ष डिल्ली बहादुर रावतले २०२० लाई सरकारले पर्यटन वर्ष मनाई रहँदा यसरी आफ्नै वडामा विदेशी पाहुनालाई स्वागत गर्न पाउँदा निकै खुसी भएको बताउदै दाङमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागगि उनलाई सबै कुरा अवगत गराउँदै समय मिलेको खण्डमा दाङका विभिन्न ठाउँमा घुमाउन समेत लगिने रावतले बताए । सोहि क्रममा बोल्दै वडा अध्यक्ष वलीले यस वडा कार्यालयले यसैगरी वर्षभरी नै आउने पर्यटकहरुलाई स्वागत गर्दै कति पर्यटकहरु तुलसीपुर उपमहानगरपालिका भित्र आउँछन भनेर डाटा समेत संकलन गर्ने उनले बताए । कार्यक्रममा वडा सचिव दीपा सुबेदी कार्यालय सहायक शरद कुमार रेग्मी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार