२०७९ माघ १३, शुक्रबार

नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने

चैत्र ०७, २०७५  | १०८२ पटक पढिएको

७ चैत्र, काठमाडौँ / नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगिता आगामी अप्रिलको अन्तिम सातामा हुने शेर्पाले बताउनुभयो । चार दिनसम्म चल्ने सो प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । “खेल मैदानको समस्याका कारण मिति तय गर्न नसकिएको हो”, अध्यक्ष शेर्पाले भन्नुभयो, “खेल मैदानका लागि सम्बन्धित पक्षसँग कुरा गरिरहेका छौँ ।” टि–२० फरम्याटमा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तान भिड्ने छन् ।

राउन्ड रोविन लिगका आधारमा हुने सो प्रतियोगितामा जम्मा सात खेल हुनेछन् । शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । अध्यक्ष शेर्पाले ह्विलचियर क्रिकेट एशिया कप नेपालमा मात्र नभइ विश्वमै पहिलो पटक हुन लागेको बताउनुभयो । सङ्घकै आयोजनामा गत वर्ष त्रिवि क्रिकेट मैदानमा नेपाल, भारत र बङ्गलादेश सम्मिलित ह्विलचियर क्रिकेटको त्रिकोणात्मक श्रृङ्खला भएको थियो । उपाधि नेपालले जितेको थियो । पत्रकार सम्मेलनमा ‘इन्टरनेशनल काउन्सिल फर ह्विलचियर क्रिकेटका अध्यक्ष पाकिस्तानका मोहम्मद जिसान, उपाध्यक्ष भारतका हरुन रसिदलगायतको उपस्थिति रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस