प्रदेश स्थापना दिवसको अवसरमा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो हुने

माघ ०३, २०७६  |  ४४२ पटक पढिएको

माघ ३ गते, तुलसीपुर ,

प्रदेश नम्बर पाँचको स्थापना दिवसको अवसरमा प्रदेश एक्स्पो हुने भएको छ । फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा हुने एक्स्पोको बारेमा छलफल कार्यक्रम आयोजना गरिएको छ । प्रदेश नम्बर ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश पाँचका स्थानीय तहको विशेष प्रस्तुति रहने प्रदेश नम्बर ५का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताउनुभयो । त्यसैगरी १२ वटै जिल्लामा उत्पादन भएका वस्तुहरुको प्रदशनी रहनेछ । एक्स्पोमा प्रदेश मन्त्रालयले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमा समेत जानकारी गराइने मन्त्री केसीले जानकारी दिनुभयो । प्रदेश पाँच नम्बर क्षेत्रमा रहेका खनिजजन्य पदार्थ र पाइने स्थानको बारेमा समेत एक्स्पोमा राखिने छ ।

एक्स्पोमा पाँच नम्बर प्रदेशभित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधिजन्य वस्तुको बारेमा समेत जानकारी गराइनेछ । त्यसैगरी मगर, थारु, अवध संस्कृतिको विशेष प्रस्तुति रहने छ भनेँ सारङ्गी वाद्यवादन समेत राखिने भएको छ । प्रदेश नम्बर ५को कला संस्कृति झल्काउने दुई सय जनाको विशेष टीम तयार पारेर प्रर्दशनी गरिने बताइएको छ । नेपाली सेनाले एक्स्पोमा विशेषल स्टल निर्माण गर्ने बताइएको छ । कार्यक्रम सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठी समेत आयोजना गरिने छ।

छलफल कार्यक्रममा संघीय सभाका सांसद सुजिता शाक्यले केन्द्र सरकारको सन् २०२० लाई मध्यनजर राख्दै २० लाख बाह्य पर्यटक भित्र्याउने अभियानलाई एक्स्पोले थप टेवा पु¥याउने बताउनुभएको थियो । योगा र आयुर्वेदले एक्स्पोमा विशेष प्रस्तुति रहने सांसद शाक्यले बताउनुभएको थियो । कार्यक्रममा एक्स्पो व्यवस्थापनको जिम्मा पाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश एक्स्पो उपमहानगरका लागि अवसर भएकाले व्यवस्थापनको पक्षमा कुनै कमिकमजोरी नरहने बताउनुभएको थियो ।

जिल्ला समन्वय समितिका दाङ संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश मन्त्रालय, स्थानीय तह, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ, नेपाल संस्कृत विश्वविद्याय लगायत सदस्य रहेको मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको बेलझुण्डी रङ्गशालाको प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले रङ्गशाला, प्याराफिटको निर्माण कार्य माघ महिनामै सम्पन्न गरिने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार