भारतीय प्रहरी पोशाकमै घुम्न आए कर्णाली पुल

माघ ०१, २०७६  |  ९९ पटक पढिएको  |   साक्षी खबर

– मोति रत्न

१ माघ, दाङ / भारतीय प्रहरी पोशाकमै चिसापानी–कर्णाली घुम्न कैलाली पुगेर फर्किएका छन् । नेपालगञ्जको रुपेडीया नाकाबाट ९ जना भारतीय प्रहरी पोशाकमै कर्णाली पुल हेर्न आएका थिए ।

कैलालीको चिसापानी पुगेपछि उनीहरुलाई प्रहरीले सामान्य सोधपुछ गरेकोमा भारतीय प्रहरीले घुम्न आएको प्रतिक्रिया दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालमा भ्रमण वर्ष चलिरहेको थाहा पाएपछि उनीहरु कर्णाली पुल घुम्न आएको जानकारी दिए ।

‘रुपेडीया सम्म भारतीय एक मन्त्रीको स्कटीङमा पुगेका भारतीय प्रहरी कर्णालीको नाम सुनेपछि नेपाली प्रशासनसंग समन्वय गरेरै घुम्न आएका हुन्,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘बाटोमा प्रहरी पोशाक बाहिर जकेट लगाएका थिए । कर्णालीमा फोटो खिच्दा कतिपयले जकेट खोलेका हुन सक्छन् ।’

उनले ९ जनाको टोली कर्णाली पुल हेरिसकेपछि आजै फर्किएको समेत दावी गरे । उनले भारतीय प्रहरीसंग हतियार भने नभेटिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार