तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री भट्टराई दाङ आउदै

पुष २९, २०७६  |  २७३ पटक पढिएको  |   साक्षी खबर
शरद रेग्मी,
तुलसीपुर, २९ पुस ।
पर्यटन भ्रमण बर्ष २०२०को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन् । माघ ९ गते सुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विर वहादुर रावत(विरु)ले बताएका छन् ।
पर्यटनमन्त्री भट्टराइ संगै महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र ढकाल सहित प्रदेश र जिल्ला नगरबाट करीव एक सय पचास भन्दा बढि उद्योग वाणिज्य संघमा आवद्ध नेताहरु सहभागि हुने निश्चित भएको छ । उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य पनि सहभागि हुने छन् ।
किनकि तुलसीपुर महोत्सव विशेषगरी नेपाल भ्रमण बर्ष अभियान सफल बनाउने लक्ष सहित आयोजना हुन थालेको छ । महोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ । चार सय स्टलको व्यवस्थापन सहित महोत्सवमा साना तथा मझौला व्यवसायीलाइ प्रोत्साहन गर्ने बताइएको छ । स्थानिय उत्पादनको बजारीकरणमा महोत्सव केन्द्रित हुने छ । पर्यटनसंग जोडिएका विविध महत्वका क्षेत्रहरुको हेलिकोप्टरबाट अवलोकन गर्ने सम्मको व्यवस्थापन गरिएको आयोजक कमिटिका स्टेयरीङ कमिटिका संयोजक विमल रिजालले बताएका छन् । ‘हामी नेपाल भ्रमण बर्षमै केन्द्रित रहेर यो महोत्सव लगाउंदै छौं, महोत्सवमा बचेको आम्दानी हामीले सुरु गरेको वहुआयामिक सभाहललाइ मुर्तता दिन खर्च गरीने छ’—रिजालले भने । यो महोत्सव यस अघिका भन्दा भिन्नै हुने पनि बताए ।
किनकि यस अघिका महोत्सवमा धेरै पैसा वाहिरिएको अवस्था थियो । ‘आन्तरीक पर्यटनलाइ बढावा दिन र यहिंका व्यवसायीलाइ पनि राहतको अनुभुति दिने उदेश्यले स्टल भाडा समेत निर्धारण गरिएको छ’—रिजालले भने, स्थानियलाइ कम्तिमा २५ प्रतिसत छुटको समेत व्यवस्थापन गरीएको छ । महोत्सवमा स्वास्थ्य क्षेत्र, खेलकुद क्षेत्र, योगा, तथा पर्यटनलाइ विशेष स्थान दिइएको छ ।
मिनिम्याराथुनदेखि हेलिकोप्टरबाट समेत पर्यटकिय गन्तव्यको अवलोकनको व्यवस्थापन गरिएको छ । महोत्सवलाइ भव्य र सभ्य बनाइ दाङ जिल्लामै पर्यटकिय गन्तव्य बनाउन पनि केन्द्रित गरीने छ । एक दिन भएपनि वाह्य पर्यटकको बसाइकालागी पनि महोत्सव केन्द्रित हुने बताइएको छ । ‘यो महोत्सव पर्यटनबाट पनि आर्थिक समृद्धि खोज्नकालागी हो, त्यसैले यहांका पर्यटकिय संभावनाका विषयमा महोत्सवमा बृहत प्रस्तुती हुने छ’—महोत्सव मुल आयोजक कमिटिका संयोजक विर वहादुर रावतले भने । यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि तुलसीपुर महोत्सवमा सक्रिय सहकार्य रहेको बताएको छ ।
स्थान विशेषलाइ महत्व दिनुभन्दा पनि समग्र दाङको पर्यटनलाइ संबोधन गर्दै तुलसीपुर महोत्सव सुरु हुन थालेकोमा आफुहरुको सक्रिय सहभागिता हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताए । ‘स्थान तुलसीपुर हो, तर यो महोत्सव समग्र दाङबासीकै हो, यसमा सक्रिय सहभागिता जनाउन जिल्लाका सवै उद्योग वाणिज्य संघहरुलाइ आह्वान गर्दछु’—अध्यक्ष भुषालले भने ।
यता नेपाल पत्रकार महासंघ दाङले पनि तुलसीपुर महोत्सव सफल पार्न आह्वान गरेको छ । मंगलवार पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित तुलसीपुर महोत्सव स्थलमा पुगेको टोलीले महोत्सव सफल पार्न जिल्लाका सवै सञ्चार माध्यमहरुले सहयोग गर्न आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार