२०७९ माघ २१, शनिबार

कटेजमा आगलागी हुँदा १० लाख बराबरको क्षति

चैत्र ०७, २०७५  | ८८६ पटक पढिएको

७ चैत्र, दाङ / लमही नगरपालिका–३ टिकुलीगढको एक कटेजमा आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । बुधबार राति सवा ९ बजेतिर शिशिर केसीको कटेजमा आगलागी हुँदा कटेज पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

विद्युत् चुहिएर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनका अनुसार आगोलाई ११ बजेतिर लमही नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय लमहीको टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस