२०७९ माघ २१, शनिबार

कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि, अनलाइन फारम यसरी भर्नुस् नत्र बिग्रेला (भिडियो सहित)

चैत्र ०७, २०७५  | ९२५ पटक पढिएको
काठमाडौं, ७ चैत ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम शुक्रबार (भोलि) खुला गरिने भएको छ । चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिने जनाइएको छ ।१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्ने छन् । यो पटक पनि अनलाइनबाटै फारम भर्न सकिने छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले शुरुवातका दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्न सुझाव दिएको छ ।यसवर्षबाट आईएमई पे र ई सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ । आवेदन खुलेका पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ ।
रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिने जनाइएको छ । साथै मेशिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ ।इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् । नेपालबाट सन् २००८ देखि ईपीएस मार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइका कारण कोरिया अहिले अधिकांश युवाको सपनाको देश बनेको छ । यो वर्षको परीक्षा २०७४ सालको जेठ २५ र २६ गते हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।
एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने ईपीएस शाखाले जनाएको छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्नु पर्नेछ । उत्पादनमुलक क्षेत्रमा फारम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नुपने हुन्छ ।भोलिदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न  eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउने छ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानु पर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।
परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

भिडियो

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस