संघीय राज्य प्रणाली

पुष १८, २०७६  |  २६७ पटक पढिएको  |   साक्षी खबर

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक हिसाबले विविधता भएको मुलुक हो । यस्तो समाजमा कस्तो खालको राज्य प्रणाली आवश्यक छ भन्ने कुरा सर्वाधिक महत्वको विषय हो ।
संसारमा अस्तित्वमा रहेका २ सयभन्दा बढी देशहरु मध्ये २ दर्जन देशहरुले मात्रै अर्धस्वरुप संघीय व्यवस्था अबलम्बन गरेको पाइन्छ । ती संघीयमा गएका मुलुकहरुले पनि जाती, भाषा, धर्म, संस्कृति, क्षेत्रका आधारमा अबलम्बन गरेका छन् ।
ती मुलुकहरुको इतिहास हेर्दा अलग–अलग राज्य वा स्वतन्त्र राज्यहरु साझा हित र स्वार्थको लागि सम्झौता र सन्धीद्वारा एउटा राष्ट्र भएको देखिन्छ । उदाहरणको लागि संयुक्त अमे्िरका, रुस, स्वीजरल्याण्ड जस्ता मुलुकहरु छन् भने केन्द्रीकृत राज्य तथा एकात्मक राज्यमा जाती, भाषा, धर्म, क्षेत्रलाई आधार मानी टुक्रने वा छुट्टाछुट्टै अस्तित्वमा आउन लागेका राज्यलाई समेटेर एउटा राष्ट्र बनाउने संघीयता हो । जस्तो ईथोपिया, नाइजेरिया, बोस्नीया र हर्जगोमिना आदि मुलुकहरु पर्दछन् ।
संघीयता राज्यलाई बुझाउन विभिन्न देशहरुमा विभिन्न नाम प्रयोग भएका छन् । भारत, ब्राजिल, ईथोपिया, मलेशिया, मेक्सीको, नाइजेरिया, संयुक्त राज्य जस्ता देशहरुले राज्य जस्तो शव्द प्रयोग गरेका छन् भने क्यानडा, पाकिस्तान जस्ता देशहरुले प्रान्त, अष्ट्रिया, जर्मनीमा ल्यान्डर शव्द, स्वीजरल्याण्डमा क्यान्टोन र बेल्जियम, रुस जस्ता देशहरुमा क्षेत्र शव्दको प्रयोग भएको पाइन्छ । आ–आफ्नो देशको जे जस्तो शव्द प्रयोग भए तापनि जनसंख्याको आधारमा सवैभन्दा ठूलो संघीय राज्य भारत हो भने सबैभन्दा सानो संघीय राज्य सेन्ट किट्स एण्ड नेमिस हो । जहाँ केवल ७६ हजार मात्र जनसंख्या छ र यो राज्य प्रान्तको संख्यामा पनि सबैभन्दा सानो छ जम्मा २ राज्य ।

पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपालको अवस्था संघीय राज्यको अवधारणासंग मिल्न जान्छ । त्यसबेला पूर्वमा संघीय किराँत राज्य, लिम्बु राज्य, काठमाण्डौं उपत्यकामा छुट्टाछुट्टै मल्ल राज्य, पश्चिमतिर बाइसे चौबिसे राज्यहरु छुट्टाछुट्टै अस्तित्वमा थिए । ती सबै एकीकरण भई एकात्मक वा केन्द्रिकृत राष्ट्रको निर्माण भयो । यो सबैभन्दा राम्रो व्यवस्था भन्न खोजिएको होइन । त्यसवेलाका राज्यहरुलाई युद्दवाट हराएर पृथ्वी नारायण शाहले सिङगो नेपाल निर्माण गरेका हुन । युद्दवाट जित्न नसेका राज्यहरुलाइ बिभिन्न प्रलोभन देखाइ केन्द्रिकृत राज्य प्रणालीमा आवद्ध गराएका थिए । कतिपय राजाहरुलाइ राजा कै मान्यता दिई भत्ता दिदै आएका थिए । पृथ्वी नारायण शाहले यसरि एकिकृत राज्य प्रणालि बनाएको ईतिहास साझी छ ।

संघीय राज्यको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्रमुख तीन रुपमा राज्यको निर्माण भएको देखिन्छ । एउटा स साना राज्यमा छरिएर रहेका स्वतन्त्र रुपमा अस्तित्वमा आएका राज्यहरुलाई एउटै ठाउँमा ल्याई बलियो राष्ट्रको निर्माण गर्ने, दोस्रो छुट्टिन लागेका राज्यहरुलाई एक ठाँउमा ल्याउने र तेस्रो उपनिवेशबाट मुक्त हुने वा स्वतन्त्र हुने राज्यहरु पर्दछन् । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपालको अवस्था संघीय राज्यको अवधारणासंग मिल्न जान्छ । त्यसबेला पूर्वमा संघीय किराँत राज्य, लिम्बु राज्य, काठमाण्डौं उपत्यकामा छुट्टाछुट्टै मल्ल राज्य, पश्चिमतिर बाइसे चौबिसे राज्यहरु छुट्टाछुट्टै अस्तित्वमा थिए । ती सबै एकीकरण भई एकात्मक वा केन्द्रिकृत राष्ट्रको निर्माण भयो । यो सबैभन्दा राम्रो व्यवस्था भन्न खोजिएको होइन । त्यसवेलाका राज्यहरुलाई युद्दवाट हराएर पृथ्वी नारायण शाहले सिङगो नेपाल निर्माण गरेका हुन । युद्दवाट जित्न नसेका राज्यहरुलाइ बिभिन्न प्रलोभन देखाइ केन्द्रिकृत राज्य प्रणालीमा आवद्ध गराएका थिए । कतिपय राजाहरुलाइ राजा कै मान्यता दिई भत्ता दिदै आएका थिए । पृथ्वी नारायण शाहले यसरि एकिकृत राज्य प्रणालि बनाएको ईतिहास साझी छ । नेपाल अहिले संघिय संरचना छ । मुलुकको सिद्धान्त जात, धर्ममा तटस्थता हुनुपर्दछ । किनकि राज्य जात धर्ममा रुमलियो भने सधै बिबादमा अलझिन्छ तसर्थ जात धर्मको बिषयमा मुलुक तटस्सथ रहनु पर्दछ , त्यो नै मुलुकको लागि सर्वोपरी सिद्धान्त हो । किनकि तीन जातीय राज्यबाट शुरु भएको संघीय राज्य सुडान २६ राज्यमा प्रवेश गरी सम्पूर्ण राज्य विघटनको संघारमा पुगेको छ । जातीय आधारमा संघीय राज्य इथोपियाबाट ईरिटिया टुक्रिएको छ । नाइजेरिया जसले लोकप्रियताको लागि जातीय आधारमा संघीयतामा गयो सन् १९९३ मा तीनवटा जातीका आधारम तीन राज्य निर्माण भए । त्यसको लगत्तै चौथो जातीले अर्को राज्य माग ग¥यो । तीन राज्यबाट शुरु भएको नाइजेरिया ३६ वटा संघमा विस्तारित भयो । आज नाइजेरिया ससारकै १५९ औ गरिब राष्ट्रको सूचिमा पर्दछ । जहाँ हरेक दिन जातीय दंगा हुने गर्दछन् ।

विश्वका संघीय राज्यहरुको स्थितिको अध्ययन गर्दा “विविधता नै सफलता” को वाधक भएको देखिन्छ । उदाहरणको लागि संयुक्त राज्य अमेकिरा, जर्मनी, अस्टे«लिया, अर्जेन्टिना देशहरु जहाँ अमेरिकामा अंग्रेजी भाषाको बाहुल्यता रहेको र ७५ प्रतिशत भन्दा बढी गोरा जाती बस्छन्, जर्मनमा जर्मन जाती र ७४ प्रतिशत रोमन, क्याथोलिक धर्मावम्बीहरु छन्, यस्तैगरी अस्ट्रेलिया शत प्रतिशत अंग्रेजी भाषी बस्ने देश हो । अर्जेन्टिना स्पेनिस भाषाको प्रभुत्व रहेको देश जहॉ ९७ प्रतिशत ःभकतष्शय जाति र ९२ प्रतिशत रोमन क्याथोलिक धर्मावलम्बी बसोबास गर्दछन् र ती बाहुल्यताको कारणले सफल भएको देखिन्छ । जात, भाषा, धर्मको विविधता भएको देशहरु भारत, बेल्जीयम, बोसनिया, हर्जगोमिना, क्यानडा, इथियोपिया, सुडान, नाइजेरीया, मेक्सीको आदि देशहरुमा विविधताको कारण संघीय राज्य तनावपूर्ण अवस्था रहेको देखिन्छ । कैयौं पटक यी राज्यहरुमा धार्मिक र जातीय युद्ध भएका छन् ।
त्यसैले हाम्रो जस्तो सानो मूलकमा भूगोलको आधारमा संघियतामा जानु उपुक्त हो । यसको स्थायित्वको लागि भूगोल कै आधारमा प्रान्तिय राजधानि बनाउनु पर्दछ । बिकासको दृष्टिकोणले प्रशासनिक ईकाइ जति सानो उत्ति बिकास गर्न सजिलो हुन्छ त्यसैकारणले केन्द्रिकृत राज्य प्रणाली संघिय संरचनामा गएका छन् । नेपालमा संघिय प्रणाली कार्यन्वन भैइसकेको बर्षै बितिसक्दा पनि स्थायी राजधानि त्योक्न नसक्नु नामाकरण गर्न नस्कनु राम्रो पक्ष होईन तसर्थ भूगोललाई आधार बनाई संघियताको राजधानि र नामाकरण यथासिघ्र गर्नु पर्दछ । जाती धर्मको आधारमा होइन भौगालिक क्षेत्रको आधारमा हिमाल, पहाड र तराईलाई मिलाएर संघीयताको राजधानि र ऐतिहासिक जनाउने नामबाट प्रान्तको नामाकरण गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार