२०७९ माघ १३, शुक्रबार

राप्तीको देविकोटमा ८ गते नागरिकता शिवीर सञ्चालन हुने

चैत्र ०६, २०७५  | १०४६ पटक पढिएको

– तिर्थराज ज्ञवाली
६ चैत्र, सिसहनिया (देउखुरी दाङ) / राप्ती गाउँपालिका को वडा नं ९ मा चैत्र ८ गते नागरिकता शिवीर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिकाले वडा नं. ५ र ९ को पहाडी क्षेत्रका नागरिकको सहजताको लागि एक दिन जिल्ला प्रशासन कार्यालय दाङ तथा ईलाका प्रशासन कार्यालय लमहिको सहकार्यमा नागरिकता टोली वडा नं. ९ को देविकोटमा यहि ८ गते शुक्रवार बस्ने सुचना अधिकारी गिरिधारी राज पन्तले जानकारी दिएका छन् ।

राप्तीको वडा नं ९ सम्पुर्ण तवरले पहाडी क्षेत्र र वडा नं ५ का धेरै क्षेत्र पहाडी रहेकोमा दुवै वडा बासीलाई पाएक पर्ने गरि देविकोटमा नागरिकता शिविर आयोजना गर्न लागिएको वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारिले जानकारी दिएका छन् ।

चैत्र ८ गते देविकोटमा बस्ने नागरिकता टोलीबाट नागरिकता सरल र सहज तवरले निर्माणका लागि जिम्मेवार घरका पदाधिकारी, फोटो, अग्रजको नागरिकता, भएमा शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपिका साथ नागरिकता बनाउन आउन र थप जानकारीको लागि वडा कार्यालयमा सम्पर्क गर्नका लागि सबै वडा नं ५ र ९ बासी नागरिकमा वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले अनुरोध गरेका छन् ।

नागरिकता बनाउन चाहने उमेर पुगेका नेपाली नागरिकले नियमानुसार कागजपत्र उपलब्ध गराएमा टोलीले एकै दिन र एकै छिनमा नेपाली लाई नागरिकता उपलब्ध गराउन सकिने वडा नं ५ र ९ का वडा सचिव द्धय शेरबहादुर हमाल र दयाराम चौधरीले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस