२०७९ जेठ २, सोमवार

बाँकेको जानकी गाउँपालिकाका अध्यक्षको निधन

 भदौ १२, २०७८

१२ भदौ, काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएपछि गाउँपालिकाका अध्यक्ष यादवलाई राति नै नेपालगन्ज नर्सिङहोममा लगिएको थियो । ब्लड प्रेसर घटेपछि अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो । अध्यक्ष यादव २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट

बेलझुण्डी खानेपानीको सहलगानी आयोजना काम थालनी

 भदौ १२, २०७८

बेलझुण्डी, १२ भदौ । दाङको बेलझुण्डी खानेपानी आयोजनाको सहलगानी काम शुरु हन थालेको छ । शुक्रवार वेलझुण्डीमा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बेलझुण्डी खानेपानी आयोजना सम्पन्न भएमा एक घर एक धाराको नाराले सार्थकता पाउने बताउनुभयो । बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यकक्षमै गएर मेसुलाई कालोमोसो दलेपछि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द

 भदौ ११, २०७८

११ भदौ, तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई शुक्रबार एक समूहले कालोमोसो दलेको छ । सर्जन परियारको नेतृत्वमा गएको ३÷४ जनाको समूहले दिउँसो पौने २ बजे मेसुको कार्यकक्षमै गएर कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार

थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त

 भदौ ११, २०७८

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको

सभापतिमा उम्मेदवारी दिने निधीको तयारी

 भदौ ११, २०७८

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उम्मेदवारी दिन तयारी गरेको बताएका छन् । शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ साथै उनले कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको

चौधरी घर नफर्किएपछि राप्ती नदीका बगेको आशंका

 भदौ ११, २०७८

११ भदौ, दाङ । दाङमा एक व्यक्ति बेपत्ता भएका छन् । भैंसी चराउन राप्ती नदी किनारमा गएका लमही नगरपालिका–७ का ४५ वर्षीय सुन्दरराम चौधरी घर नफर्किए पछि नदीमा बगेको आशङ्कामा खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधवार दिउँसो भैँसी चराउन गएका चौधरीका भैंसी घर फर्किए तर आफू नफर्किए पछि परिवारले

तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह

 भदौ ११, २०७८

११ भदौ, घोराही । जिल्ला प्रशासन कार्यालय दाङले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै मौसम विज्ञान बिभागका अनुसार भदौ ११ गते देखि ३ दिन सम्म दाङ जिल्लालगायत आसपासका क्षेत्रहरुमा अविरल बर्षा साथै भारी वर्षाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह

रुपन्देहीको देवदहमा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 भदौ ११, २०७८

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भासिएपछि दुवै तर्फका आवत–जावत गर्ने सवारी साधनहरु रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा

काबुल विमानस्थलमा भएको विस्फोटमा ६० जनाको ज्यान गयो

 भदौ ११, २०७८

११ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा परी ६० जनाको ज्यान गएको छ । विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ। अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ विमानस्थलभन्दा बाहिर दुई वटा विस्फेट भएका थिए।

महाकालीमा बेपत्ता धामीको परिवारलाई सरकारले १० लाख दिने

 भदौ १०, २०७८

१० भदौ काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदी तर्दा भारतीय सुरक्षाकर्मीले तार काटिदिएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी