२०७६ चैत्र २३, आइतबार

समाचार

‘तुलसीपुर उपमहानगरले बाँड्यो विपन्नलाई राहत’

 चैत्र २१, २०७६

कोही भोको हुनुपर्दैन – नगरप्रमुख पाण्डे २१ चैत, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका भित्र रहेका विपन्नहरुलाई राहत बाँडिएको छ । कोरोना संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि ज्याला मजदुरी गर्नेको छाकवास टुटेको भन्दै राहत बाँडिएको छ । उपमहानगरपालिका भित्र रहेका १९ वटै वडामा राहत वितरण कार्यलाई अगाडि बढाइएको छ । लकडाउनको

गण्डकी विकास बैंकद्वारा राहतकोषमा रु.३० लाख

 चैत्र २१, २०७६

२१ चैत, दाङ / विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने प्रयोजनमा सरकारले स्थापना गरेको राहतकोषमा गण्डकी विकास बैंकले रु. ३० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । बैंकका अध्यक्ष सुशिल गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले विहीवार

प्रदेश नं. ५ : अधिकांश स्थानीय तहमा राहत वितरण शुरु

 चैत्र २१, २०७६

२१ चैत, बुटवल / विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. ५ का स्थानीय तहले राहत कोष स्थापना गरी दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई राहत वितरण शुरु गरेका छन् । लकडाउनका कारण बेरोजगार भएका दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई कोषबाट राहत वितरण थालिएको

रहस्यमयरुपमा नेपाल आएका १३ विदेशी नागरिक फर्काइए

 चैत्र २१, २०७६

२१ चैत, ललितपुर / सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेसँगै फिर्ता पठाइएको

विश्वभर कोरोना संक्रमित दश लाख नाघ्यो, करिब ५३ हजारको मृत्यु

 चैत्र २१, २०७६

२१ चैत, काठमाडौं / विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ संक्रमित हुने दश लाख नाघेको छ । रोकथाम र न्यूनिकरणका लागि विश्व समुदायले संघर्ष गरिरहँदा कोभिड–१९ बाट संक्रमित हुने क्रम अझै तिव्र बनेको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बिहिबारसम्म विश्वभरि दश लाख व्यक्तिमा सक्रमणको पुष्टि भएको छ । ५३

ग्वाङ्जाओबाट निजी क्षेत्रले झिकाएको चिकित्सा सामाग्री आइपुग्यो

 चैत्र २१, २०७६

२१ चैत, काठमाडौँ / मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् । ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए

‘नेपालमा थप एकजना कोरोना संक्रमित फेला, संक्रमितको संख्या छ पुग्यो’

 चैत्र २०, २०७६

२० चैत, काठमाडौं / नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरको चैत्र ४ गतेको क्यू आर ६५२ को उडानबाटै आएको बताइएको छ ।

प्राध्यापक महराद्वारा राहतकोषमा एक लाख बढी रकम सहयोग

 चैत्र २०, २०७६

– शरद रेग्मी २० चैत, दाङ / तुलसीपुरका एक जना प्राध्यापकले कोराना राहत विशेष कोषमा एक लाख बढी रकम हस्तान्तरण गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत विशेष कोषमा विरेन्द्र महराले बिहिबार एक लाख ५ हजार पाँच सय ५५ नगद सहयोग हस्तान्तरण गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा

दुर्गममा नवागन्तुकलाई पस्न पूर्ण रोक

 चैत्र २०, २०७६

२० चैत, सुर्खेत / (कोभिड–१९) संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् । जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् । गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

 चैत्र २०, २०७६

२० चैत, धादिङ / उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

नयाँ समाचार


लोकप्रिय समाचार