प्रविधि
आज मंगल ग्रह ठूलो र चम्किलो देखिँदै, हामीले कति बेला हेर्ने ?
२७ असोज, काठमाडौं / आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । …
यस वर्ष भौतिक शास्त्रतर्फको नोबेल तीन जनालाई
एजेन्सी २१ असोज, काठमाडौँ । ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन् । उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ । बेलायतमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको …
चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई
२० असोज, काठमाडौं / सन् २०२० को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैज्ञानिक जे अल्टर र चाल्र्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत …
स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस्
१५ असोज काठमाडौं /स्मार्टफोन किन्नु भनेको अझैपनि ठूलो कुरा मानिन्छ। बजारमा आएको कुनै नयाँ स्मार्टफोन लिनको लागि धेरैले आफ्नो आयको आधा हिस्सा खर्च गर्नुपर्छ। त्यसैले एकपटक मोबाइल किन्दा हामी अर्को पटक फेरि त्यसमा खर्च गर्न नपरोस् भन्ने सोचले गएका हुन्छौँ। बजारमा आउने अनेकौँ ब्रान्डका महंगा र सस्ता स्मार्टफोन मध्ये कुन …
मोबाइलमा कस्तो अवस्थामा ‘क्यास मेमोरी’ डिलिट गर्ने
०७ असोज काठमाडौं / क्यास मेमोरी खासमा एउटा हार्डवेयर आधारित स्टोरेज हो । यो तपाईंको स्मार्टफोन वा कम्प्युटरको प्रोसेसरको नजिक हुन्छ । तपाईं जब आफ्नो फोनको सेटिङभित्र स्टोरेज अप्सनमा जानुहुन्छ, तब तपाईंले क्यास मेमोरी देख्नुहुन्छ । तपाईंको फोनमा धेरै एप्लिकेशन हुन्छन् । ती एपले आफूसँग भएको कुनै कुनै डेटालाई अस्थायी …
टेलिकमद्वारा संविधान दिवसको अवसरमा अनलिमिटेड अफर
२ असोज, काठमाडौं / संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपियाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै …
गुगल अलर्ट सिस्टमबाट भूकम्पको पूर्वसूचना
३१ भदौ काठमाडौं / बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । यो त पछिल्लो घटना हो । हामीले धेरै समयदेखि साना ठूला भूकम्पको धक्का महसुस गरिरहेका हुन्छौं । भूकम्पलगत्तै धेरै जिउधन नोक्सान भएका खबर समाचारमा आउने गर्छन् …
टेक्नो ब्रान्डको स्मार्टफोन बजारमा
१७ भदौ, काठमाडौं / सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्वव्यापि रुपमा मा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि मात्र प्रवेश गरेको टेक्नो ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य रूपमा बजार विस्तार …
गुगलका जीमेल, गुगल ड्राइभसहित अन्य सेवा प्रभावित
४ भदौ, काठमाडौँ / गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् । प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन् । प्रयोगकर्ताका अनुसार जीमेल भएर फाइल पठाउन समस्या देखिएको छ । फाइल संलग्न गर्दा लामो समय लाग्ने, संलग्न नहुने …
नासाका अन्तरिक्ष यात्रीहरू सकुशल पृथ्वीमा अवतरण
रासस/एएफपी१९ साउन, वासिङ्टन / अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो । यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी …