अर्थ/व्यवसाय
अब मोटर बाटो नभएको जग्गा पनि धितो राखेर ऋण पाइने
८ भदौ, काठमाडौं । अब मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको छ । जग्गा धितोमा ऋणी लगानी …
पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढ्यो
८ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यास मा सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ निगमले मुल्य बढाएको …
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको ब्याजदर घट्यो
६ भदौ, काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका हुन् । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी …
नेपालमा सञ्चालन रहेका धेरै ऋण लिने २५ कम्पनी
३२ साउन, काठमाडौं । नेपालमा सञ्चालन रहेका व्यावसायिक कम्पनी तथा फर्ममा २५ वटा कम्पनीले बैंकबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको भेटिएको छ । वाणिज्य बैंकहरुले ३७ खर्ब ६ अर्ब रुपैयाँ कर्जा दिएका छन् । यस आधारमा २५ वटा कम्पनीले मात्र कर्जामा साढे ५ प्रतिशत हिस्सा लिएको देखिन्छ । २६ …
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२७ साउन, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर आरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको …
सुनको मूल्य तोलामा १५ सय घट्यो
२४ साउन,काठमाडौं । सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो । यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार …
अध्यापनसँगै बायोफ्लक प्रविधिबाट माछापालन गर्दै घर्ती
२२ साउन, बिजौरी । नेपालमा कोभिडका कारण २०७६ चैत ११ गते यता मुस्किलले ७ महिनामा मात्रै शैक्षिक संस्थाहरु खुले । यो कोभिडका कारण धेरै युवाहरुले रोजगार समेत गुमाए । कोभिडमा शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यालयमा पढाउन जाने शिक्षक समेत कामविहीन भए । कतिले रमाइलोमा दिन बिताए त कतिले घर परिवारसँगै बिताए । तर …
सानिमा लाईफ इन्स्यारेन्सको ६० लाख कित्ताको आईपीओ खुल्यो
२० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर …
हप्तामा तीन दिन नेपालगन्जदेखि पोखरा सिधा उडान सुरु
१८ साउन, दाङ । नेपालगञ्जदेखि पोखरासम्मको सिधा उडान सुरु भएको छ । बुद्ध एअरले सोमबारदेखि नेपालगञ्जको टु पोखराको व्यावसायिक उडान सुरु गरेको हो । नेपालगञ्ज टु पोखरा सिधा उडान गर्ने माग यात्रुले लामो सयमदेखि गर्दै आएका थिए । यात्रुको माग र सुबिधालाई मध्यनजर गर्दै नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स …
साउन १७ गतेदेखि बजाज अपग्रेड अफर सुरु
१५ साउन, तुलसीपुर । तुलसीपुरको घोराही रोडमा रहेको क्रस वोडर प्रा.लि.मा बजाज अपग्रेड अफर सुरु हुने भएको छ । उक्त बजाज अपग्रेड अफर ‘फाइदा मोर, टेन्सन नो मोर’का साथ सुरु हुँदैछ । यही साउन १७ गतेदेखि २१ गतेसम्म सुरु हुने तुलसीपुरको घोराही रोडमा रहेको क्रस बोडरमा कुनै पनि मोटरसाइकलको प्रचलित …