अन्तर्राष्ट्रिय
जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति
१६ फागुन , काठमाण्डौ – अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन …
कोरोना अपडेट भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण
काठमाडाैं, भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारणकाठमाडाैं– भारत सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेकाे छ। दैनिक भास्करका अनुसार प्रतिडोज मूल्य २५० रुपैयाँ (भारु) निर्धारण गरिएको हो। निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयाँमध्ये १५० खोपको मूल्य र सय रुपैयाँ सेवा शुल्क हो। मार्च १ …
लिबियाका गृहमन्त्रीको हत्या प्रयास
१० फागुन, काठमाडौँ । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । गृह मन्त्रालयका अनुसार राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको जनाएको छ । मन्त्रीको सवारीलाई लक्षित गरी टोयोटा गाडीमा सवार व्यक्तिहरुले मेसिनगन प्रयोग गरेर …
मेक्सिकोमा सैनिक विमान दुर्घटनामा ६ सैनिकको मृत्यु
१० फागुन, काठमाडौं । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान …
४७ करोड किलोमिटरको यात्रापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण
७ फागुन, काठमाण्डाै – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो । ६ वटा …
अस्ट्रेलियामा फेसबुकमा, समाचार हेर्न तथा सेयर गर्न नपाइने
०६ फागुन, काठमाण्डौ । फेसबुकले अस्ट्रेलियामा समाचार हेर्न तथा सेयर गर्न प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ । यसले अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने भएको छ । बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज …
अमेरिकामा हिमआँधी, २३ को मृत्यु
एजेन्सी काठमाडौं । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा चीषण हिम आँधी आएको छ । हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । टेक्सास, केन्टुकी, लुसियाना र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको हो । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको बताइएको छ । आँधीको असर आइतबारसम्मै …
फेसबूकले ‘स्मार्टवाच’ बनाउँदै
०२ फागुन, काठमाडौं । विश्वभर स्मार्टवाचको लोकप्रियता बढेसँगै फेसबूक पनि प्रतिस्पर्धामा उत्रिने भएको छ । विभिन्न रिपोर्टकाअनुसार फेसबूकले एक स्मार्टवाच निर्माणका लागि काम गरिरहेको छ । जसले प्रयोगकर्तालाई आफ्ना सर्भिस (जस्तै ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर) का माध्यमबाट सन्देश पठाउने सुविधा दिनेछ । साथै उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने …
भारतमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु
०२ फागुन, काठमाडौं । भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । भ्यान ट्रकसँग ठोक्किँदा भएको घटनामा चारजना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ। मृत्यु भएका मध्ये आठजना महिला छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ । …
अमेरिकाद्वारा म्यान्मारका सैनिकलाई प्रतिबन्ध
२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरिएको छ । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । कूविरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी …