घोराही–लमही सडक ५ दिनका लागि बन्द हुने

चैत्र २०, २०७७  | १०९६ पटक पढिएको

२० चैत्र, बिजौरी ।

दाङको घोराही–लमही सडकखण्ड ५ दिनका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डको केही ठाउँमा सडक जीर्ण भएकोले तत्काल मर्मत सम्भार गर्न लागिएकाले आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

यही चैत्र २२ गते विहानदेखि चैत्र २६ गते साँझ ५ बजेसम्मका लागि सडक बन्द रहने छ । उक्त ५ दिनलाई सडकमा पूर्णरुपमा बस, ट्रक, टिप्पर र ट्रली लगायतका सवारी साधनहरु बन्द रहनेछन् ।

साथै सडक मर्मतका लागि आवागमन बन्द हुने भएकाले यात्रहरुमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय दाङले क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस