मुम्बइको एक कोरोना अस्पतालमा आगलागी हुँदा १० को मृत्यु

चैत्र १३, २०७७  | ११९ पटक पढिएको

१३ चैत, काठमाडौं ।

भारतस्थित मुम्बईको एक कोरोना अस्पतालमा आगलागी भएको छ । मुम्बईस्थित एक मलको तेस्रो तलामा रहेको सनराइज अस्पतालमा बिहीबार मध्यरातमा आगलागी भएको हो ।

यो अस्पतालमा भाइरस (कोभिड–१९) का संक्रमितको उपचार हुँदै आएको थियो । आगलागी परी कम्तीमा १० जनाको मृत्यु भएको मुम्बईको प्रहरीले बताएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने खुलेको छैन ।

आगो लागेसँगै अस्पतालका बिरामीहरुको पनि उद्धार गरी अन्य अस्पतालमा पठाइएको छ । प्रहरीले अहिले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।

भारतको मुम्बइमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस