झिङ्गैका १२ वर्षीया बालक १४ दिनदेखि बेपत्ता

फागुन ०७, २०७७  | २७९ पटक पढिएको

०७ फागुन, बिजौरी ।

झिङ्गैका १२ बर्षीय एक बालक १४ दिनदेखि वेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ झिङ्गैका शेर बहादुर नेपाली र आमा कमला नेपालीका १२ वर्षीय छोरा शसिराम नेपाली माघ २४ गतेदेखि बेपत्ता भएका हुन् ।

शसिराम नेपाली

बेपत्ता नेपालीका बुवा गाडी चलाउन र आमा काममा गएको समयमा उनी बेपत्ता भएका थिए । आमा बेलुका कामबाट फर्किदासम्म छोरा घर नआएपछि खोजतलासी गर्दा अहिलेसम्म कतै पत्ता नलागेको आमा कमला नेपालीले जानकारी दिईन् ।

कक्षा ६ मा पढ्ने छोरा हराएको दिन स्कुल पनि नगएको नेपालीले बताईन् । साथै उनले आफ्नो छोरालाई खोजि दिन सबैमा आग्रह गरेकी छिन् ।

छोरा हराएको ४ दिन पछि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिए पनि अहिलेसम्म कुनै जानकारी नआएको उनको भनाई छ ।

साथै कहीँकतै कसैले देखे वा भेटाएमा नजिकैको प्रहरी कार्यालय वा ९८०६२८०९६६, ९८०९८३४१७५ मा खबर गरिदिन उनले आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार