किवानिज क्लवद्वारा हात्तिढुंगा सडक मर्मत र ग्राभेल

फागुन ०६, २०७७  | ४२२ पटक पढिएको

०६ फागुन, तुलसीपुर ।

किवानिस क्लव अफ राप्तीले एक पछि अर्को सामाजिक कार्यमा व्यस्त देखिन्छ । वालवालिकाका तथा सामाजिक विषयमा काम गर्ने उद्देश्यले स्थापना भएको यो क्लवले पछिल्लो चरणमा पर्यटकीय स्थलमा पुग्नका लागि सरसफाई तथा सडक मर्मतमा अग्रसरता दिएको छ ।

यसैबिच किवानिस क्लव अफ राप्तीले मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं १४ मा अवस्थित ड्वाङपुर भन्ने ठाँउमा रहेको हात्ति ढुंगा जाने सडक मर्मत तथा ग्राभेल गरेको छ । क्लवका अध्यक्ष बिमल पोख्रेल (जेठु)को नेतृत्वमा गएको टोलीले उक्त हात्तिढुंगा जाने सडकलाई मर्मत गरेको छ । प्राकृतिक बनोटसँगै यसमा एउटा धार्मिक कथन पनि जोडिएको छ ।

परापूर्वकालमा पाँच पाण्डवहरु त्यस ठाँउमा आई एक रात बास बसेको भन्ने किमवदन्ति रहेको हात्ति ढुङ्गा संरक्षण समितिको भनाई छ । हात्ति ढुंगा संरक्षणको लागि पनि समितिले काम गरिरहेको छ । प्राकृतिकरुपमा बनेको यो स्थानको बारेमा धेरैलाई थाहा नै छैन । लगभग ५०/६० वर्ष पहिले देखिनै यो दृष्य जस्ताको तस्तै छ ।

पहिलेको तुलनामा अहिले वरीपरीको दृष्य परिवर्तन भएको छ भने यो बिचमा रहेको ठूलो ढुङगाको संरचना भने फेरिएको छैन । त्यहाँ आउने पर्यटकले यो एउटा माटोको ढिस्कोमा कसरी यत्रो ढुङगा कसरी अडिएको छ भन्ने कुराको चासो ब्यक्त गर्दै यसको संरक्षनमा सबैले जोड दिए मात्र यसले पर्यटकीय स्थान पाउने पनि स्थानीय पर्यटकको भनाई छ । यो स्थान अवलोकन गर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।

केही दिन अघि क्लवले उक्त स्थानको धेरै गुनासो आएपछि अनुगमन समेत गरेका थियो । अहिले किवानिज क्लव अफ राप्तीको पहलमा थोरै भए पनि बाटो निर्माण भएपछि पर्यटकहरुलाई त्यस ठाँउमा आउन सहज भएको छ ।

पर्यटकीय केन्द्रका रुपमा परिचित हात्ती ढुंगा हेर्न दैनिक सयौँ आन्तरिक पर्यटकहरु जाने गरेको भएता पनि त्यहाँसम्म पुग्नका लागि सडक राम्रो नहुदाँ पर्यटकहरुले सास्ती भोग्नु परेको थियो । मंगलबार अध्यक्ष पोख्रेलको नेतृत्वमा, संसद कोमल वली, वडा अध्यक्ष पशुराम चौधरी, स्वामी केशव आचार्य, क्बलका संरक्षक जागेश्वरी वली, कार्यपालिका सदस्य जानका रेग्मी, पत्रकारसहितका टोली त्यहाँ पुगेको थियो ।

त्यहाँ जाने पर्यटकहरुले सडक, खानेपानीलगायतको समस्या रहेको गुनासो गरेपछि आफुहरुले सडक मर्मत तथा खानेपानीको व्यवस्था गर्न लागेको किवानिज क्लबका अध्यक्ष बिमल पोख्रेल(जेठु)ले बताए ।

गत वर्षबाट बजेट खर्च गरी केही संरक्षणमा लागेको भए पनि भने जसरी संरक्षण र विकास गर्न नसकेको स्थानीय तहले स्वीकार गरेका छन् । संरक्षण नहुँदा जीर्ण बन्दै जान थाले पनि अब संरक्षणको पहलकदमि थाल्ले बताएका छन् ।

प्राकृतिकरुपमा भरीपूर्ण यो ठाँउलाई संरक्षण गरेर प्रचार प्रसार गर्न सके यो ठाँउ पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ । यसको विकासका लागि पर्यटन बोर्ड तथा स्थानीय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार