‘क्यारेङ ग्याङ ३’ को छायांकन हुँदै

फागुन ०३, २०७७  | १२८ पटक पढिएको

०३ फागुन, काठमाडौं ।

फिल्म ‘क्यारेङ ग्याङ ३’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । एसएन डिजिटलको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा राजु लामाको लेखन र निर्देशन छ ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा करिना कक्षपति, नारायण घिमिरे, श्याम राई, मानबहादुर थापा, मोहन अभिलाषी, रत्नमान लामा, सुवास सिलवाल, सरस्वती घिमिरेलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा लिजा लामा र ललिता लामाको लगानी रहेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस