चुनावी अपडेटः जम्मा १ हजार ६ सय ५९ मत खस्यो, मत गणना आज राती नौ वजेदेखि

फागुन ०१, २०७७  | ३११ पटक पढिएको

१ फागुन, तुलसीपुर/

तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनका लागि जम्मा १ हजार ६ सय ५९ मत खसेको छ ।

विहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका साढे पाँच वजेसम्म मतदान भएको थियो ।

संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनावी प्रतिपर्धामा उत्रिएका छन् ।

वामपन्थी प्यानलबाट अध्यक्ष पदका लागि रामप्र्रसाद चालिसे र प्रजातान्त्रिक प्यानलवाट अध्यक्ष पदका लागि टेकन प्रसाद बस्नेत (हिमाल) चुनावी मैदानमा छन् ।

तुलसीपुर उद्योग वाणिज्यसंघमा धेरै सदस्यहरुले नविकरण नगरेको अवस्थामा पनि पछिल्लो अधिवेशन र साधारणसभामा १ हजार ८ सय ६ व्यवसायीहरु रहेका थिए ।

मतगणना आज राती नौं वजेदेखि शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस