दाङको ग्वारखोलामा एक वेवारिसे शव फेला

माघ ०२, २०७७  | ४५० पटक पढिएको

२ गते, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ४ सुगुर खोला टोल स्थित ग्वारखोलाको किनारमा एक वेवारिसे शव फेला परेको छ ।

शुक्रबार बिहान पहिचान नखुलेको अन्दाजी ५५र६० बर्षको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारि दिएको छ ।

बर्ण गहुगोरो, दाह्रि जुँगा, कपाल हल्का फुलेको, कालो ज्याकेट,खरानी कलरको हुट, कालो पाईन्ट, खैरो धर्के रंगको ट्राउजर र कालोमा किनारामा सेतो रंगको धर्का भएको कट्टु लगाएको, उचाई ५ फिट ५ ईन्च भएको शवलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार