राप्ती वडा ६ मा भलिबल र फुटबल प्रतियोगिता

तिर्थराज ज्ञवाली  |  पुष २७, २०७७  |  ११३ पटक पढिएको

२७ पुस बगरापुर (देउखुरी दाङ)

‘लागु पदार्थ दुव्र्यशन त्यागौ खेलकुदमा लागौं’ भन्ने अभिप्रायका साथ राप्ती गाउँपालिका वडा नं ६ मा खेलकुद प्रतियोगिता सुरु भएको छ ।

वडा कार्यालयको यस आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार माघ पर्व तथा माघे संक्रान्तिको आगमनको अवसरमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिए ।

विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिबल तथा फुटबल प्रतियोगिताको आयोजना गरी नयाँ खेलाडीको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगिताको आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताए ।

सोमबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदमा लाग्ने सम्पूर्ण खेलाडी, दर्शक खेलप्रति ब्यस्त भएमा दुव्र्यशनमा लाग्ने सम्भावना कम हुने र शारीरिक स्र्फुतिका कारण रोगबाट समेत बच्न सक्ने सम्भावना बढी हुने बताए ।

वडा नं ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समूहको सहभागिता रहेको प्रतियोगितामा विजयी समूहलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस