दक्षिण एसियाली म्याराथनको उपाधी पुष्पालाई

पुष २६, २०७७  |  ६९ पटक पढिएको

२६ पुस, काठमाडौं ।

बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि धाविका पुष्पा भण्डारीले जितेकी छिन् ।

बंगलादेशमा आइताबर भएको म्याराथनमा पुष्षले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।

सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए ।

पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् । पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् ।

दक्षिण एसियाली म्याराथनको पुरुषतर्फ भने १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोटगी चौथो भएका छन् ।

त्यसमा भारतीय खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस