कोभिडका कारण सिनेक्षेत्र धरासयी

पुष २५, २०७७  |  ९७ पटक पढिएको

२५ गते, दाङ
बिगत चैत्र महिना देखिनै कोरोनको सन्त्रासमा नेपालमा लकडाउन भएको थियो र त्यसको असर अधिकासं क्षेत्र प्रभावित भए । प्रभावित हुनेमा चलचित्र क्षेत्र पनि परेको छ । कोरोना संक्रमण ओरालो लागे संगै देशका सबै क्षेत्र सामान्य अबस्थामा फर्किन थालेका छन तर चलचित्र क्षेत्र अझै पनि संचालनमा आउन सकेको छैन ।

चलचित्र क्षेत्रमा लगानी गर्ने लगानि कर्ताहरु पनि पछि हटेका छन कारण हो लगानी नै उठाउन नसक्ने गरी थला परेको चलचित्र क्षेत्र । लामो समयदेखि बन्द रहेका चलचित्र हलहरु सञ्चालनसँगै चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि सम्बन्धित निकायले सकिरहेका छैनन । दाङमा चलचित्र क्षेत्रमा कोरोनाले पारेको प्रभाव र अबको बाटो विषयमा बहस कार्यक्रम गरीयो र त्यसमा कोरोना कारण विगत लामो समयदेखि बन्द रहेका चलचित्र हलहरु अहिले पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण लगानी डुव्ने डर रहेको सिनेमा हल संचालकको भनाई छ ।

हलहरु सञ्चालन गर्ने सहमति भएपनि चलचित्र निर्माताहरुसँगै हल सञ्चालक, कलाकारहरु दर्शक नआउने अवस्था देखेपछि जोखिम मोल्न डराईरहेको बताएका छन । जोखिमको समयमा चलचित्र क्षेत्रलाई सञ्चालनमा ल्याउन राज्यले सहयोग गर्न आवश्यक रहेको चलचित्र विकास बोर्डका कार्य समिति सदस्य तथा निर्माता मुनाल घिमिरेको भनाई छ ।

त्यसका लागि चलचित्र विकास बोर्डले पहल गर्नुपर्ने समेत बताउनुभयो । तर उँहाले चलचित्र विकास बोर्ड अधिकार सम्पन्न हुन नसक्दा चलचित्र उद्योगले खोजेको जस्ते सहयोग गर्न सक्ने अवस्थामा नरहेको समेत बताउनुभयो ।निर्माता घिमिरेले राज्यले चलचित्र क्षेत्रलाई अनुदानको व्यवस्था नगरे तत्काल चलचित्र क्षेत्र सञ्चालनमा आउन समस्या रहेको बताउनुभयो ।

त्यसैगरी चलचित्र निर्माता संघका सदस्य रोहित अधिकारीले सिनेमा हल सञ्चालनमा आएपनि निर्माताहरु लगानी डुव्ने डरले सञ्चालन गर्न डराईरहेको बताउनुभयो । कोरोना भाइरसको जोखिम रहेको र राज्यको कुनै सहयोग नगरेका कारण डराउनुपर्ने अवस्था आएको उँहाले बताउनुभयो । उँहाले अहिले जोखिमको समय भएको भन्दै चलचित्रक्षेत्रमा लाग्ने गरेको करमा छुटसँगै अन्य सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

चलचित्र पत्रकार संघ दाङले चलचित्र सम्बन्धि बहस राख्दा समस्या एउटै आयो सम्बन्धित निकाय संगको सहकार्य अभाव भएको र मोफसलबाट चलचित्र क्षेत्रलाई चलाएमान बनाउन सबै पक्ष मिलेर जाने चलचित्र पत्रकार संघ दाङले बताएको छ । चलचित्र बिकास बोर्डले पनि यसलाई सहजिकरण गर्नपर्ने संघले बताएको छ ।

बिश्व नै कोरानाका कारण धरासायि बनेकको बेला थप्प बनेको चलचित्र क्षेत्रलाई चलाएमान बनाउन सबै मिलेर सहकार्य गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस